प्रदेश सरकार खेल क्षेत्र विकासका लागि सधै तयार : सामाजिक विकास मन्त्री पुन

पोखरा । गण्डकी प्रदेश सरकार समग्र खेल क्षेत्र विकासका लागि सधै तयार रहेको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले बताएकी छन् ।

खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम वार्षिक साधारणसभामा मन्त्री मगरले यस्तो कुरा बताएकी हुन् । खेल क्षेत्र विकासका लागि पत्रकारको भुमिका पनि महत्वपूर्ण रहने उनले बताईन् । सबैको सहकार्यतामा विकास सम्भव हुने उनको भनाई थियो ।

गण्डकीलाई खेलकुदको राजधानी बनाउने योजना सहित प्रदेश सरकार अगाडी बढेको बताउदै उनले त्यसका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताइन् । उनले गण्डकी प्रदेशमा खेल पर्यटन मार्फत अािर्थक समृद्धिको बाटोमा योजनाबद्ध रुपमा अगाडी बढने समेत बताइन् ।

खेलकुदका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउदै मन्त्री पुनले खेलकुदमा बजेट कम भएको गुनासो गर्दै भनिन–“संघले दिएको बजेट असाध्यै कम  छ” मन्त्री पुनले भनिन्- “कम बजेटलाई धेरै मिलाउनुपर्ने अवस्थाले चाहेजस्तो हुन सकेको छैन् ।” मन्त्रालयको यस बर्षको बजेट २ अर्ब १० करोड रुपैयाँ मात्र रहेको जानकारी दिदै उनले बजेट प्रदेश सरकारले निर्धारण गरेका कार्यक्रम तथा योजना बाहेक अन्य खर्च गर्न नमिल्ने उल्लेख गरिन् ।

कार्यक्रममा सांसद मिना गुरुङले बिट पत्रकारितातर्फ उन्मुख भैरहेको अवस्थामा युवा विट तर्फ पनि कलम चलाउनु आवश्यक भएको बताईन् । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञावालीले पत्रकारले लेख्न सिक्नका लागि पनि खेलको आयोजना हुनेपर्नेमा जोड दिँदै पत्रकारितामा ठेकेदार प्रवृत्ति मौलाईरहेको अवस्थालाई अन्त्य गर्नुपर्ने बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बिट पत्रकारितामा निखारता ल्याउन मञ्चलाई आग्रह गरे । बिट अनुसारकै पत्रकारहरु बिट संगठनको पदमा बस्नुपर्नेमा जोड दिए । एउटै पत्रकार सबै बिट संगठनमा बसिदिँदा समुन्नत विकास नहुने उनको भनाई थियो ।

त्यस्तै प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पोखरामा मौलाएको ठेक्का पत्रकारिताको अन्त्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल, वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालगाएतले विट पत्रकारिता आवश्यक रहेको र यसमा जिम्मेवारी वहन हुनुपर्नेमा जोड दिएका थिए ।

मञ्चले खेलकुद पत्रकारितामा अझ क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी तथा सेमिनार आयोजना गर्दै गण्डकी प्रदेशका सबै जिल्लामा संगठन विस्तार गर्ने योजना अगाडी सारेको छ । मञ्चका अध्यक्ष एकराज गिरीको सभाध्यक्षमा भएको कार्यक्रममा धन्यवाद ज्ञापन मञ्चका उपाध्यक्ष रञ्जन अधिकारीले गरेका थिए ।

कोषाध्यक्ष शसि पौडेलद्वारा पेश भएको काषाध्यक्षको प्रतिवेदन र महासचिव विजय नेपालद्वारा पेश भएको सचिवको प्रतिवेदन सर्वसम्मतरुपमा पारित साधारण सभाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close