ट्राइयाथलनका निर्णायक कुल अबुधावी प्रस्थान

पोखरा, अबुधावीमा आयोजना हुने विश्व ट्राईयाथलन सिरिज रेस २०२० मा निर्णायकको भूमिका निर्वाह गर्न नेपाली ट्राईयाथलन निर्णायक आशिष कुल बुधबार त्यस तर्फ प्रस्थान गरेका छन् । बिश्वस्तरको प्रतियोगितामा सहभागी हुने कुल पहिलो निर्णायक भएका छन् । उनी अबुधावी खेलकुद परिषद्को निमन्त्रणमा त्यस तर्फ प्रस्थान गरेका हुन् ।

अन्तराष्ट्रिय ट्राईयाथलन युनियनको आयोजनामा अबुधावीको यास आईल्याण्डमा हुने सिरिज रेस फागुन २२ देखि २४ गते सम्म संचालन हुने छ । त्यस भन्दा अगाडी निर्णायक कुलले प्रतियोगिताका दौरान आयोजना हुने निर्णायक परिक्षामा सहभागिता जनाउने छन् । निर्णायक कुलले लेभल वान कोर्ष उत्तीर्ण गरेका छन् ।

त्यसका साथै निर्णायक मुल फागुन ३० देखि चैत्र २ गते सम्म बिश्व ट्राईयाथलन युनियनको तत्वावधानमा अष्ट्रेलियामा आयोजना हुने २०२० मुलुलावा आईटियु वर्ल्ड कप ट्राईयाथलनमा पनि सहभागी हुने छन् । कुल दुवई बाटनै अष्ट्रेलिया प्रस्थान गर्नेछन् । बिश्व ट्राईयाथलन युनियनको क्यालेन्डरमा रहेको यस प्रतियोगिता निकै ठुलो प्रतियोगिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close