पोखरा कप राष्ट्रिय पुरूष बास्केटबल : उद्घाटन खेलमा गण्डकी बिजयी

पोखरा स्पोर्टस । पोखरा कप राष्ट्रिय पुरूष बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश बास्केटबल टिमले बिजयी सुरूवात गरेको छ । पोखरा रंगशालामा सम्पन्न उद्घाटन खेलमा गण्डकीले लुम्बिनीलाई ८२–५३ को स्कोरले पराजित गरेको हो । सुरूवात बाटै लुम्बिनी विरुद्ध हावी भएको गण्डकीका लागि पुस्कल छन्त्यालले व्यक्तिगत ३० पोइन्ट गरे ।

यस्तै पहिलो दिन नै सम्पन्न अर्को एक खेलमा समेत गण्डकी बिजयी भएको छ । सोमबार नै भएको पहिलो खेलमा गण्डकीले मधेश प्रदेशलाई ८७–२८ को स्कोरले पराजित गरेको छ । पहिलो खेलमा समेत पुश्कल छन्त्यालले २८ पोइन्टको योगदान दिए ।

यसै गरी आज नै सम्पन्न एक अर्को खेलमा बागमती प्रदेश बिजयी भएको छ । बागमतीले कर्णाली प्रदेश विरुद्ध १००–२० को स्कोरले जित निकालेको हो । बागमतीका सम्पन्न गुरूङले १९ पोइन्टको योगदान दिए ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले पोखरा पर्यटनको मात्रै राजधानी नभएर खेलकुदको समेत राजधानी भएको बताए । उनले भने–“जसरी पोखरा पर्यटनका लागि अथाह सम्भावना छ त्यसरी नै खेलकुदमा समेत उत्तिकै सम्भावना छ । हामी खेलकुदको माध्यमबाट पोखराको पर्यटनलाई जोड्न चाहन्छौं । त्यसैका लागि पनि प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध छ ।”

खेलकुदका गतिविधिले पनि पोखराको पर्यटनको विकासका लागि सहयोग पुगने जनाउँदै मन्त्री थापाले यहाँको खेलकुद पूर्वाधारको विकासले पनि त्यो सम्भावनालाई अघि बढाएको बताए । स्वस्थ्य जिवनशैलीका खेलकुदका लागि खेलकुद जती अपरिहार्य छ त्यतीनै मुलुकलाई चिनाउन पनि खेलकुद उत्तिकै महत्वपूर्ण रहेको र खेलकुदमा कुनै किसिमको राजनीती नहुने बताउँदै भने–“खेलाडी कुनै पार्टी वा जात विशेषको हुँदैन । उ नेपाली हुन्छ । खेलाडीको हित र राष्ट्रिय पहिचानका लागि अबको खेलकुदमा व्यवसायिकता आवश्यकता बढ्दै गएको छ ।”

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष एवं गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरूङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, संघका उपाध्यक्ष किरण सापकोटाले आफ्ना भनाई राखेका थिए ।

राष्ट्रियस्तरको पुरुष बास्केटबल प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछिको पहिलो राष्ट्रिय बास्केटबल प्रतियोगिता समेत हो । तनि दिन सम्म सञ्चालन हुने प्रतियोगितामा ६ प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगितामा उपाधि बिजेता टिमलाई नगद रु १ लाख ११ हजार १११, उपविजेतालाई नगद रु ६६ हजार ६६६ र तेस्रो हुने टिमलाई नगद रु ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रदेश खेलकुद परिषदका उपाध्यक्ष समेत रहेका संघका अध्यक्ष गुरूङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close