“खेलकुद प्रवर्द्धनका लागि हवाई भाडामा एकरुपता आवश्यक”–मन्त्री गुरुङ

केशब पाठक, पोखरा / गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्न आन्तरिक हवाई भाडामा एकरुपता हुनुपर्ने बताएका छन ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा सोमबार बाट शुरु भएको १८ वर्ष मुनीका खेलाडीहरुको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता “आइ.टि.एफ यु–१८” लाई उद्घाटन गर्ने क्रममा मन्त्री गुरुङले उक्त कुरा बताएका हुन । विदेशी र स्वदेशी खेलाडीलाई आन्तरिक भाडामा एक रुपता ल्याउन प्रदेश सरकारको प्रयत्न रहने उनको भनाई थियो ।

प्रदेश सरकारले खेलकुद मार्फत पर्यटन प्रवर्धनको लागि प्रयास गरिरहेको हुनाले खेलाडीलाई निशुल्क भिसा लगाएतका विषयमा समेत प्रदेश सरकारले पहल थाल्ने बताउँदै उनले खेलाडीलाई सम्वोधन गर्दै भने–“खेलमा हार जित हुँदैन पहिलो प्राथमिकता मित्रता अनि प्रतिष्पर्धा । यो प्रतियोगितामा मैले यहि अपेक्षा गरेको छु ।” यस्ता प्रकारका प्रतियोगितालाई संचार माध्यमले समेत उच्च प्राथमिकता दिनुपर्ने उनको जोड थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रतियोगिताका संयोजक सुर्य भुजेलले नेपालमा आयोजना हुने यस प्रकारका प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने बताए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा, सचिब नविन चालिसे लगाएतले बोलेका थिए ।

प्रतियोगितामा ११ राष्ट्रका ३२ महिला र ३२ पुरुष गरि करिब ६४ जना खेलाडीको सहभागिता रहेको छ । नेपाल सहित भारत, अष्ट्रेलिया, जापान, सर्विया, अमेरिका, मलेसिया, क्यानाडा, सिंगापुर, जापान, कोरिया लगाएतका राष्ट्रका खेलाडीले अंक प्राप्तीका लागि प्रतिष्पर्धा गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close