खेलकुद पत्रकार मञ्चका महासचिब ओलीले पाए अन्तर्राष्ट्रिय अवार्ड

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली विश्वभरका खेल पत्रकारहरुको साझा संस्था एआईपीएसले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्डको ‘वेस्ट कोलम राईटिङ’ तर्फ अवार्ड जित्न सफल भएका छन ।

हंगेरीको बुडापेस्टमा सोमबार राति बिशेष समारोहमा उनले अवार्डसँगै आठ हजार अमेरिकी डलर पनि प्राप्त गरेका छन ।

महासचिब ओली अवार्ड पाए पछि मञ्चले एक प्रेश विञप्ती मार्फत खसियाली प्रकट गरेको छ । मञ्चले महासचिब ओलीलाई बधाई दिंदै अवार्डले सिंगो नेपाली खेलकुद र पत्रकारिता जगतलाई खुशी बनाएको बताएको छ । मञ्चले भनेको छ–“नेपाली सञ्चार माध्यम र यहाँको पत्रकारिता विश्वका कुनैपनि मुलुकको भन्दा कम छैन भन्ने यो पछिल्लो ज्वलन्त उदाहरण पनि हो ।”

द काठमाडौं पोस्ट्का पत्रकार प्रज्वलले गत असार १९ गते ‘मुस्किलले ५० खेल खेलिने नेपालमा झण्डै २०० खेल संघहरु पालिएका छन्’ शीर्षकमा समाचार लेखेका थिए । सोही समाचार विश्वभरका एक सय ८० देशका सयौं पत्रकारले पठाएका समाचार मध्ये उत्कृष्ट बनेको हो । प्रज्वलसँगै स्पेनका कार्लोस माटालान्स र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोकको समाचार अवार्डका लागि शीर्ष तीनमा छनोटमा परेको थियो ।

अन्ततः फाइनलमा स्पेन र अर्जेन्टिनाका पत्रकारलाई पछि पार्दै प्रज्वलको लेखले अवार्ड पाएको छ । अवार्ड जितेपछि प्रज्वलले नेपाली खेलकुद पत्रकारिता र नयाँ पुस्तालाई अझ मेहनत गर्न प्रेरणा मिलेको उनले बताएका छन । प्रज्वल डेढ दशकदेखि खेलकूद पत्रकारितामा सक्रिय छन ।

उत्कृष्ट तीनभित्र परेका स्पेनका कार्लोसले टेनिस खेलाडी राफेल नाडालबारे उनका एक शुभचिन्तकले लेखेको भावुक पत्रलाई आधार बनाएर समाचार लेखेका थिए । यस्तै अर्जेन्टिनाका सबास्टिनले अर्जेन्टिनाको टेनिस खेलमा हुने म्याच फिक्सिङबारे समाचार लेखेका थिए । एआईपीएसले गत वर्षदेखि ‘एआईपीएस स्पोर्टस मिडिया अवार्ड’ प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close