गण्डकी प्रदेश वुद्धिचाल संघको अध्यक्षमा गुरुङ निर्वाचित

पोखरा, गण्डकी प्रदेश वुद्धिचाल संघको शनिबार पोखरामा सम्पन्न प्रथम साधारण सभाले कास्कीका कर्ण बहादुर गुरुङलाई आगामी तिन वर्षका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

यसै गरि सम्पन्न साधारण सभाले उपाध्यक्षमा ओम प्रसाद उपाध्याय (नवलपुर), सचिवमा शुक्र कुमार प्रधान (कास्की), कोषाध्यक्षमा शेखर खडका (बागलुङ) निर्विरोध निर्वाचित भएका छन । निर्विरोध निर्वाचित हुने सदस्यहरुमा इच्छा रोक्का (बागलुङ), लखन कुमार सुनार (पर्वत), भरत कुमार पोखरेल (तनहुँ), रोशनी डुम्रे (स्याङजा) र संजिव राना (लमजुङ) रहेका छन ।

यस अघि साधारण सभालाई उद्घाटन गर्दै नेपाल वुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले संघले वुद्धिचाल खेललाई विद्यालय तह बाटनै माथी उठाउन लागि परेको बताए ।

गण्डकी प्रदेश वुद्धिचाल संघका अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा भएको कार्यक्रमम केन्द्रिय महासचिब हिराकाजी महर्जन, सचिब धर्म बहादुर लामा, केन्द्रिय सदस्य मोनालिशा खम्वु लगाएतले आ–आफ्ना धारणा राखेका थिए ।

गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष गुरुङले आफूले ११ वटै जिल्लामा संघलाई विस्तार गर्ने तथा विभिन्न जिल्लामा विद्यालयस्तरका प्रतियोगिताहरु आयोजना गर्ने बताए ।

नेपाल वुद्धिचाल संघको आगामी केन्द्रिय अधिवेशन चैत्र २८ र २९ गते विरगंजमा हुने केन्द्रिय सदस्य उमेश केसी चौलागाईले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close