
पोखरा, भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्न लागेको १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन यति बेला मञ्चले अभियान नै थालेको छ ।

“शान्ति र स्वास्थ्यका लागि” मूल नारासहित फागुन ३ गते पोखरामा हुने म्याराथन सफल बनाउन मञ्चले पोखरा महानगरका विभिन्न वडा, आमा समुह टोल विकास समितीको भेला आयोजना गरिरहेको छ । पोखरा म्याराथन नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको अग्रसरतामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यसै क्रममा शुक्रबार पोखरा वडा नं १ र तमु धिं कास्कीमा दुई छुट्टा छुट्टै भेलाहरु सम्पन्न भएको मञ्चले जनाएको छ । भेलामा मञ्चले सबै टोलका आमा समुह र टोल बिकासहरुलाई निम्तो समेत बाँडीरहेको छ ।
पोखरा महानगरपालिका वडा नं १ को कार्यालयमा शुक्रवार आयोजना गरिएको स्थानिय सरोकारवालाहरुसंगको छलफलमा मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले आआफ्नो क्षेत्रमा दौडिदै आउने खेलाडीको मनोवल बढाउन सबै स्थानिय बासीहरु संग आग्रह गरे । उनले भने–“पोखरा म्याराथन सिंगो पोखरेलीहरुको आयोजना भएकोले यसलाई सफल बनाउने कार्य समेत हामी सबैको हो ।”
दौड अवधिभर सबै रुटमा आआफ्नो जातीय वा संस्थागत भेषभुषामा सजिएर रहिदिन, वाजागाजा सहित झाँकिसहित उपस्थित हुन, बाटोको दाँया बाँया घडा, कलशको व्यवस्था गरिदिन, सांस्कृतिक र सन्देशमूलक कार्यक्रम गरेर खेलाडीको हौसला वढाउन सकिने अध्यक्ष गुरुङले आग्रह गर्दै विश्वभरि बाट आउने खेलाडी तथा पाहुनालाई पोखरेलीहरुको माया र सदभाव पाउने विश्वास व्यक्त गरे । उनले भने– हाम्रो सानो सहयोगले खेलाडीको उत्साह बढाउने काम गर्छ र समाजमा खेलकुद संस्कृतिको विकास हुन्छ” उनले थपे–“खेलकुदको माध्यमबाट विश्व मानचित्रमा पोखरालाई परिचित गराउन र नेपाल भ्रमण वर्षलाई समेत टेवा पुर्याउन प्रतियोगिताले महत्वपूर्ण योगदान दिनेछ ।”
पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष शारदा पराजुलीले हामीले वडा नं १ का आमा समूह, स्थानिय दाजुभाई, विद्यार्थी लगायत सबैको प्रतिनिधित्व हुनेगरि हरिचोक लगायतका चार स्थानमा स्वागतको लागि तयारीमा रहेको जानकारी दिइन ।
पोखरा म्याराथनलाई तमु धिंको साथ
आगामी फागुन ३ गते हुन गईरहेको १४ औं सफल पोखरा अन्तर्रा्ष्ट्रिय म्याराथनका लागि आयोजक भूतपूर्ब खेलाडी मञ्च नेपालले तमु धिं सँग शुक्रबार छलफल गरेको छ ।
बिगत देखिनै तमु धि ले ठुलो सहयोग गर्दै आएकोमा यस पटक फरक तरिकाले सहयोग गर्न आग्रह गरेको हो । तमु धि आफ्नो छुट्टै पहिचान भएको संस्था भएको हुदाँ आफ्नो सस्ंकृती भेषभूषा, बाजा गाजा पहिचान झल्कने प्लेकार्ड सहित आफ्नो ठाउँबाट सहयोग गर्न भूतपूर्ब खेलाडी मञ्चका अध्यक्ष तेज बाहादुर गरुङले आग्रह गरेका छन् ।
छलफलमा बोल्दै तमु धी को तर्फबाट कार्यबाहक अध्यक्ष हुम तमुले यस पटक पनि भूतपूर्ब खेलाडी मञ्च नेपालले गरेको अन्तर्राष्ट्रियको म्याराथन हामि सबैको भएको हुदाँ रुटमा परेका समाजले आफ्नो सस्ंकृती भेष भूषा, प्लेकार्डसहित र रुटमा नपर्नेहरु रंगशालामा जान आग्रह गरेका छन् ।
