
पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको कार्यबाहक अध्यक्षमा जगत बहादुर थापा नियुक्त भएका छन । एन्फा कास्कीको बुधबार बसेको बैठकले थापालाई कार्यबाहक अध्यक्षमा नियूक्त गरेको हो ।
एन्फा कास्कीका महासचिब रमेश कार्कीले जारी गरेको विज्ञप्तीमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पूर्पक्षका लागि कास्की जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेकोले एन्फा कास्कीलाई गति प्रदान गर्न केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको निर्देशन र सल्लाह बमोजिम उपाध्यक्ष थापालाई कार्यबाहकको अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।
एन्फा कास्कीमा विगतका दिनमा भएका आर्थिक गतिविधीहरु केन्द्रियस्तर बाटनै छनौट समिती गठन गरि यथासिघ्र छानविन प्रक्रिया अघि वढाउन एन्फा केन्द्रलाई अनुरोध गरिएको तथा कास्कीको फुटबल बिकासलाई गति दिन र पारदर्शीतालाई अगिंकार गर्ने गरि वर्तमान कार्य समितीले प्रतिवद्धता समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एन्फा कास्कीले एन्फामा आवद्ध सम्पूर्ण क्लब, पूर्व अध्यक्षहरु पूर्व राष्ट्रिय खेलाडीहरु र शुभचिन्तक हरुलाई वर्तमान परिस्थितीमा धैर्य रहेर एन्फा कास्कीलाई साथ दिन आग्रह समेत गरिएको छ ।
