भत्ताका लागि नभई राष्ट्रका लागि खेल्न फुटबल प्रशिक्षक तामाङको आग्रह

पोखरा स्पोर्टस। आसन्न नवौ राष्ट्रिय खेलकद प्रतियोगिताको रौनक बिस्तारै तातिदैं छ । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौ राष्ट्रिय प्रतियोगितामा धेरै अभाव,कमजोरी भए र होला पनि । तर गण्डकी प्रदेश पुरुष फुटबलका प्रशिक्षक राजेन्द्र तमाङले आफ्ना खेलाडीहरुलाई राष्ट्रको लागि खेल्न आग्रह गरेका छन् ।

उनले भत्ता सेवा सुविधा पाइन भनेर खेललाई नै असर गर्ने गरि नसोच्न आफ्ना खेलाडीलाई निर्देशन दिएको आइतबार रंगशालाको मिडिया सेन्टरमा संन्चारकर्मी माझ बताएका हुन ।

फुटबलमा स्वर्णको दाबेदार मानिएको गण्डकी प्रदेशको पुरुष फुटबल खेलाडीहरुमा दिप कार्की, सुमित श्रेष्ठ, जिवन गुरुङ, सरोज योञ्जन, बिशन गुरुङ, सन्त बहादुर गुरुङ, विजय श्रेष्ठ, विरेन्द्र सारु, प्रकाश पुन, आकाश थापा मगर, आशिष गुरुङ, राजकुमार कुवँर, मन बहादुर तमाङ, रन्दिप पौडेल, जय गुरुङ, दिनेश धर्तीमगर, दिपेश आले मगर, कमल थापा,मुकुण्डे निउरे, र सन्दिप गुरुङ रहेको छन ।

प्रशिक्षणको समय त्रिदेब गुरुङ, सुभाष गुरुङ, अश्विन गुरुङ, बिश्व अधिकारी ईन्द्र कुवँर घाइते भएकोले उनीहरुले सहभागिता नजनाउने पक्का भएको छ ।

‘अधिकाश खेलाडीहरु व्यवसायिक रुपमा खेल्ने भएकोले उनीहरुले राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सोही अनुसारको पारिश्रमिकको अपेक्षा गरेको छ । तर मेरो खेलाडीहरुलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्य बेलाको जस्तो पारिश्रमिक नखोज्न र बेस्ट दिन खेलाडीहरुलाई निर्देशन दिएको प्रशिक्षक तमाङ बताए ।’ उनले भने राष्ट्रिय प्रतियोगिता खेल्न पाउनु नै खेलाडीको लागि एउटा ठुलो अवसर हो ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेल गोस्तेघाट र पोखरा रंगशालामा हुनेछ ।

सुरज श्रेष्ठबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close