कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा श्रेष्ठ

पोखरा स्पोर्टस । कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

कास्की जिल्ला शुटिङ संघको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्वितिय उपाध्यक्ष राम नारायण श्रेष्ठ, सचिवमा सुक बहादुर गुरुङ र कोषाध्यक्षमा राम कुमार श्रेष्ठ निर्वाचित भएको संघले जनाएको छ ।

त्यसैगरी सदस्यहरुमा चिन्तामणी बास्तोला, विनोद प्रसाद श्रेष्ठ, बिजय कार्की, प्रकाश बज्राचार्य, शरण कुमार छन्त्याल र गृष्मा उदास निर्वाचित भए भने दुई सदस्य पछि मनोनित गरिने निर्वाचन अधिकृत कास्की जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले जानकारी दिए ।

साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले शुटिङ संघ कास्कीको कार्यालयका लागि पोखरा रंगशाला भित्र ठाउँ उपलब्ध गर्ने वताए। शुटिङ खेलका लागि पर्याप्त मात्रामा सामाग्रीहरु नभएको वताउदै त्यसका लागि पनि आफुले पहल गर्ने वताउदै पर्याप्त सामाग्रीको अभावका बीच शुटिङ संघले पछिल्लो समय उदाहरणीय काम गरेकोे उनको भनाइ थियो ।

शुटिङ संघ कास्कीका सल्लाहकार तीर्थलाल श्रेष्ठले शुटिङ संघ कास्कीले खेलकुद सामाग्रीको अभावका बावजुद पनि खेलकुद बिकासका लागि कार्य गरिरहेको वताउँदै आगामी दिनमा संघलाई अगाडि वढाउन सम्पूर्ण एक भएर लाग्नु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close