भागदौडपछि विराट कोहलीले के भने ?

पोखरा स्पोर्टस । भारतको बैंगलुरुमा भएको भागदौडमा भारतीय ब्याट्सम्यान विराट कोहलीले यस दुर्घटनाबाट आफू पूर्ण रूपमा टुटेको बताएका छन् ।

कोहलीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले जारी गरेको विज्ञप्ति साझा गर्दै लेखेका छन्– ‘मसँग भन्नको लागि कुनै शब्द छैन । म पूर्ण रूपमा टुटेको छु ।’

आरसीबीले घटनापछि भनेको छ–‘मिडिया रिपोर्टहरू मार्फत प्रकाशमा आएका दुर्भाग्यपूर्ण घटनाहरूबाट हामी गहिरो दुःखी छौं । सबैको सुरक्षा र कल्याण हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ । आरसीबीले जीवन र सम्पत्तिको क्षतिमा दुःख व्यक्त गरेको छ र प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गरेको छ ।

बुधबार बैंगलुरुको चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडमा कम्तिमा ११ जनाको मृत्यु भएको छ र ३३ भन्दा बढी घाइते भएका छन्।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले यस विषयमा मजिस्ट्रेट अनुसन्धानको घोषणा गरेका छन् ।

बुधबार, आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको जितको उत्सव मनाउन स्टेडियम बाहिर ३ लाखभन्दा बढी प्रशंसकहरू भेला भएका थिए ।

१८ वर्षपछि आईपीएल ट्रफी जितेकोमा युवा, महिला, पुरुष र वृद्धवृद्धाहरू पनि सडकको छेउमा उभिएर आरसीबी टोलीलाई स्वागत गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close