पाँचौ एनभिए राष्ट्रिय भलिबल: एपिएफ र न्यू डायमन्ड उपाधीका लागि भिडन्त हुने 

महिला भलिबलका चिर प्रतिद्वन्दि एपिएफ र न्यू डायमन्ड विच उपाधीका लागि भिडन्त हुने भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को बिहिबार सम्पन्न भएको सेमिफाईनलमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ ले पराजित गर्दै होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लब संगको भेट पक्का गरेको हो । अर्को खेलमा होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लबले सेनाको टिएसीलाई ३–० ले पराजित ग¥यो । डायमन्डले टिएसीमाथि २५–१५, २५–२२, २५–१३ को जित निकालेको हो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष तर्फ सेमिफाईनलमा दुई विभागिय टोली एपिएफ र सेनाको टिएसी विचको खेलमा एपिएफले बाजी मा¥यो । अघिल्लो संस्करणको विजेता टिएसीलाई २५–२२, २५–२२, २६–२४ को सेटमा पराजित गर्दै एपिएफ उपाधी नजिक पुगेको हो ।

अव एपिएफले उपाधीका लागि हेल्प नेपाल स्पोर्टस् क्लब संग प्रतिस्पर्धा गर्ने छ । तीन भारतिय खेलाडी र भारतिय सेनाका नेपाली खेलाडीहरु सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५–२१, २५–१६, २५–१५ ले पराजित गर्दै एपिएफ संगको भेट पक्का गरेको हो । भारतिय खेलाडीलाई प्रार्थमिकतामा राख्ने हेल्प नेपालले अघिल्लो संस्करणमा सहभागिता जनाएता पनि खेलाडी बिबादका कारण प्रतियोगिता छोडेको थियो ।

च्याम्पियनसिपमा बिजयी शिर्ष तीन टोलीले नगद २ लाख, १ लाख र ५० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडीहरुले नगद १० हजार र सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्ने छन् ।

च्याम्पियनसिपको फाईनल अपरान्ह २ः०० बजे पहिलो खेल महिलाको एपिएफ र न्यू डायमन्ड विच र दोश्रो खेल पुरुषको एपिएफ र हेल्प नेपाल विच ४ः०० बजे हुने आयोजकले जनाएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close