चिन–नेपाल मैत्रीपूर्ण बास्केटबलमा चिनको नर्मल विश्वविद्यालय च्याम्पियन

पोखरा स्पोर्टस । पोखरामा सम्पन्न चिन–नेपाल विश्वविद्यलायस्तरीय छात्रा बास्केटबलमा पाहुना टोली चिनको नर्मल विश्वविद्यालय च्याम्पियन भएको छ । गण्डकी प्रदेश बास्केटबल संघ र पोखरास्थित चिनीया ओभरसिजको आयोजनामा सम्पन्न प्रतियोगितामा ७४–३६ को स्कोरले काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेजलाई पराजित गर्दै च्याम्पियन भएको हो ।

च्याम्पियन भए संगै नर्मल विश्वविद्यालयले ट्रफी, मेडल, प्रमाणपत्र संगै नगद रु ३० हजार प्राप्त गरेको छ भने उपविजेता गोल्डेन गेटले नगद रु २० हजार तथा तेस्रो भएको कास्की जिल्ला बास्केटबल संघले नगद रु १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै प्रतियोगितामा सहभागि प्रतिभा माविलाई समेत सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

बिजेता टिम तथा खेलाडीहरुलाई नेपालस्थित चिनका महामहिम राजदुत चेङ सोङ, चिनिया दुतावासका विशिष्ट कर्मचारीहरु, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, अग्रज पत्रकार राज बहादुर गुरुङ, गण्डकी बास्केटबल संघका उपाध्यक्ष किरण सापकोटालगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि कार्यक्रमलाई सम्वोधन गर्दै राजदुत सोङले खेलकुद मार्फत नेपाल चिनको सम्वन्ध बलियो बनाउन खेलकुदको भूमिका महत्वपूर्ण रहेको जनाउँदै पोखराको खेलकुद विकासमा प्रतियोगिताले अझै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उनले नेपालस्थित चिनिया दुतावासलाई धन्यबाद दिंदै आगामी दिनमा समेत यस प्रकारका प्रतियोगिताहरु आयोजनाका लागि आग्रह समेत गरे । सो अवसरमा संघका महासचिव विष्णु बहादुर गुरुङले समेत आफ्ना भनाई राखेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close