
पोखरा । नेपाल ओलम्पिक कमिटी (एनओसी)मा कार्यरत कर्मचारीहरुको आज कोरोना परिक्षण गरिएको छ ।
केही दिन अघि मात्रै एनओसी कार्यालय संग जोडिएको ललितपुर सातदोवाटो स्थित स्क्वास कोर्टमा एकजना कोरोना संक्रमित फेला परेपछि एनओसी कार्यालयका कर्मचारीहरुको समेत कोरोना परिक्षण गरिएको हो ।
एनओसीका महासचिब निलेन्द्रराज श्रेष्ठले उक्त कुराको जानकारी दिंदै सजगता अपनाउनका लागि पनि कोरोना परिक्षण गरिएको बताएका छन । “हामी यति वेला एनओसीका सबै कामहरु घरवाट नै गर्ने गरि कार्यालय समेत वन्द गरेका छौं” उनले भने–“यो वेला सजगता अपनाउन नै उत्तम उपाय हो ।”
हाल एनओसीमा ९ जना कर्मचारीहरु विभिन्न पदमा कार्यरत रहेको महासचिव श्रेष्ठले जानकारी दिए । काठमाण्डौ उपत्यकमा केही दिन देखि यता कारोना सक्रमण वढे संगै स्थानियतहहरुले समेत अनावश्यक रुपमा हिंडडुल नर्गन र अत्यावश्यक सेवा वाहेकका सबै कार्यालयहरु वन्द गर्न आह्वान समेत गरेका छन ।
