मैत्रीपूर्ण क्रिकेटः आरिफको शतकीय पारीमा नेपालको सहज जित

पोखरा, पाहुना टोली मलेसीयासँगको मैत्रीपूर्ण एक दिवसीय क्रिकेटमा आरिफ शेखको शतकीय पारिमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालको भ्रमणमा रहेको टोलीलाई फराकिलो १ सय ३५ रनले हरायो । तीन खेलको श्रृंखलामा नेपालले अग्रता बनाएको हो ।

नेपालका लागि क्यान ११ को तर्फ बाट प्रस्तुत गरेको २ सय ७८ रनको लक्ष्य पछ्याएको मलेसिया क्रिकेट वोर्ड ३७.२ ओभरमा १४२ रनमा समेटिन पुग्यो । मलेसियाका लागि सेइद अजिज र एइनुल हाकिमले समान २८÷२८ रन बनाए । भिरनदिप सिंहले २४ र महम्मद अफिफले १६ रनको योगदान दिए ।

पाहुना टोलीलाई सामान्य स्कोरमा समेट्न करण केसी र कमलसिंह ऐरीले समान ३–३ विकेट लिए । कुशल मल्लले २ विकेट लिन सफल भए । अबिनाश बोहोरा र पारस खड्काको नाममा १–१ विकेट रह्यो । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय ७७ रनको उच्च योगफल तयार पारेको थियो ।

नेपालको जितमा आरिफ शेखले आरिफले १ सय ५ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै १ सय १ रनको योगदान गरे । उनी म्यान अफ दि म्याच समेत घोषित भए । सन्दीप जोराले ५८ र करण केसीले २५ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल १९, पारस खडका १५, कुशल मल्ल १४ र सुबास खकुरेल १२ रनमा पेभेलियन फर्किए । मलेसियाका महम्मद अफिफ र प्रभानदिप सिंहले समान ३–३ विकेट लिए । नाजरिल रहमानले २ विकेट लिए ।

यस अघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गरेका थिए ।

कार्यक्रममा क्यानका केन्द्रिय सदस्य ऋषी गौतमले प्रद्ेश सरकार र संघिय सरकारले पोखरा रंगशालाको् क्रिकेट स्टोडियम निर्माणका लागि बजेट छुट्याए पनि समयमा डिपिआर नवन्दा बजेट फ्रिज हुन थालेकोमा रोष प्रकट गरे ।

मैत्रीपूर्ण दोस्रो खेल मंगलबार हुनेछ । पाहुना टोली सुनसरीको इनरुवामा सम्पन्न मनमोहन स्मृति कप क्रिकेट खेल्न नेपाल आएको थियो । नेपालको टोली भने माघको तेस्रो साता नेपालमै हुने अमेरिका र ओमानसँग आइसीसी विश्वकप लिग–२ को तयारी स्वरुप पोखराको बन्द प्रशिक्षणमा छ ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close