पाँचौ आरबिबी एनभिए राष्ट्रिय भलिबलः महिलातर्फ पुलिस सेमीफाइनलमा

पोखरा, नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा नेपाल पुलिस क्लब महिला तर्फ सोमबार सेमिफाईनलमा प्रवेश गर्न सफल भएको छ ।

पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेको हो । होङ्गवान्जी न्यू डायमन्डसंग ३–२ ले पराजित पुलिसले १ अंक जोडेको थियो भने ढोरपाटनलाई पराजित गर्दै थप ३ अंकका साथ कुल ४ अंक बटुल्न सफल भयो । समूह बिजेता र उपबिजेताको टुङ्गगो भने होङ्गवान्जी न्यू डायमन्ड र ढोरपाटन स्पोर्टस क्लब बिचको नतिजाबाट हुनेछ ।

महिलाको अर्को खेलमा समूह चरण बाट बाहिरी सकेका भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) र जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) विचको खेलमा बिएमसी बिजयी भयो । बिएमसीले जेभिसीलाई २५–८, २५–९, २५–१५ ले पराजित ग¥यो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी क्लब (टिएसी) ग्रुप ए मा समूह बिजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको छ । टिएसीले सोमबार नयाँबजार सामाजिक युवा क्लब (एनवाईसी)लाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पराजित ग¥यो ।

टिएसीले दुई खेलबाट ६ अंक जोड्न सफल भयो । टिएसी संग पराजित भएतामा पनि एनवाईसी एक जितका साथ समूह उपबिजेताका रुपमा क्वाटरफाईनल प्रवेश गर्न सफल भयो । समूह ए बाट आरजी भलिबल ग्रुप भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ ।

ग्रुप बिको अर्को खेलमा भने बुलबुले रारा क्लब (बिआरसी)ले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी)लाई २५–१५, २५–२१, २५–१० ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो ।

मंगलबारको खेल बिहान पहिलो खेल पुरुष तर्फ एपिएफ र जेभिसी, दोश्रो खेल एनपिसी र एमभिसी तथा महिला तर्फको पहिलो खेल एपिएफ र टिएसी र दोश्रो खेल एचएनडी र डिएससी विच हुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close