
पोखरा, पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजनागर्ने “तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौ बगर भाइ खलक भेट्रान एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” यहि माघ ६ गते बाट पोखराको पुरानो टुँडीखेलमा सुरु हुँदैछ ।

उक्त प्रतियोगितामा विजेता हुने टिमका खेलाडीले आर्कषक ट्रफी पाउने कुरा यस अघिनै संस्थाले घोषणा गरिसकेको छ । निकै आर्कषक मँहगा र लोभ लाग्दा देखिने ति ट्रफीहरु बेलायत बाट हजारौं माइलको दुरी पार गर्दै पोखरा आइपुगका हुन । ति ट्रफीहरु संस्थाको यूके स्थित भातृ संस्था बगर भाइखलक यूकेले पठाएको हो ।

कुनै पनि प्रतियोगितामा विजेता खेलाडीले आफूले पाउने त्यस्ता ट्रफी र मेडलहरु जिवनका लागि मात्रै नभई इतिहास बन्ने गर्छन । बगर भाइखलक यूकेका अध्यक्ष चन्द्रमान गुरुङले आफ्नो मातृ संस्थाको आयोजनामा हुने प्रतियोगिताका लागि विशेष रुपमा यूके बाट पठाएको बताए । “हामीले यि ट्रफी र मेडलहरु हरेक वर्ष पठाउने गरेका छौं,” उनले थपे–“सक्रिय खेल जिवन पछि भेट्रानमा खेल्दा खेलाडीले जितेर आर्कषक ट्रफी हातमा लिंदा आफूले केही पाएको महशुस गरोस भन्ने पनि हो ।”

प्रतियोगितामा आयोजकको दुई टिम सहित २८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भारतको कलकत्ता बाट २ टिम आउने आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधी विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन । माघ ११ गते सम्म संचालन हुने प्रतियोगितामा ४० वर्ष भन्दा माथीका खेलाडीले मात्रै सहभागिता जनाउनेछन ।

