“पोखरा म्याराथन प्रदेशको समृद्धी संग गाँसिएको छ”–पर्यटन मन्त्री लम्साल

पोखरा, यहि फागुन ३ गते पोखरामा हुने पोखरा १४ औं अन्तर्राष्ट्रिय पोखरा सफल म्याराथन गण्डकी प्रदेशको समृद्धी संग गाँसिएको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताएका छन् ।

भुतपूर्व खेलाडी मञ्च पोखराले शुक्रबार आयोजना गरेको म्याराथन विषयक अन्तरक्रियामा मन्त्री लम्सालले उक्त कुरा बताएका हुन् । उनले पोखरा म्याराथन पोखराको मात्रै नभई समग्र गण्डकी प्रदेशको समृद्धी संग गाँसिएको एक महत्वपूर्ण खेलकुद कार्यक्रम भएको बताउँदै भने–“प्रदेश सरकार अहिले यस्ता खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडी बढेको छ । पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकार संधै यहाँहरुको साथमा छ ।”

विश्वमा खेलकुदलाई जोडेर बिकासका आधारहरु अगाडी बढेको बताउँदै मन्त्री लम्सालले पोखरा म्याराथनलाई निरन्तरता दिन सके भोलिका पिंढीहरुलाई समेत खाका कोर्न सहयोग पुग्ने बताए । पोखराको रंगशाला संरक्षण भुमिका खेल्न साथै पोखरालाई खेलकुदका माध्यमबाट चिनाउन कार्य गरिरहेकोमा प्रशंसा व्यक्त गर्दै सबैले आशा गरे अनुरुप अनुसार मन्त्रालयले बजेटका कारण गर्न नसकेको उनले स्वीकारे । म्याराथन पोखरा र प्रदेशको परिचयसँग जोडिएको हुँदा यसलाई भव्यरुपमा साथ र सहयोग गर्न सबैलाई लम्सालले आग्रह गरे ।

अन्तरक्रियामा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अव हुने म्याराथनका बारेमा प्रकाश पारेका थिए । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै पर्यटन प्रवर्धनमा ठुलो भुमिका पोखरा म्याराथनले खेलिरहेको उनको भनाई थियो ।

१४ औं सस्करणको पोखरा म्याराथनमा ‘वर्ल्ड पिस रन’ का सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा वढीको सहभागिता रहने छन ।

पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा वृद्धी गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने मंचले जनाएको छ । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।

पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिइएकोछ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिने छ ।

मंचले यस पटक प्रविधिलाई उपयोग गर्दै खेलाडी दर्ता समेत अनलाइन बाट गर्ने जनाएकोछ । पोखरा म्याराथनको pokharamarathon.org अनलाइन र मोवाइल एप्स बाट समेत खेलाडीले सहभागिताका लागि नाम दर्ता गर्न सक्नेछन् ।

कार्यक्रममा भ्रमण वर्ष २०२० गण्डकी प्रदेश आयोजक समितीका संयोजक एवम वातावरणविद जुद्ध बहादुर गुरुङ, पर्यटन मन्त्रालय महाशाखा प्रमुख डिल्लीराम रिजालको समेत उपस्थिती रहेको थिए । सो अवसरमा मञ्चका संस्थापक अध्यक्ष खड्क बहादुर रानाभाट, सचिब कृष्ण तिमिल्सिना लगाएतले बोलेका थिए ।
तस्बिरः सुदर्शन रन्जित
के भने त मन्त्री लम्सालले (भिडियो सहित)

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close