पोखरामा भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सुरु

पोखरा, पोखराको प्रतिष्ठित सामाजिक संस्था बगर भाईखलकको आयोजनामा “तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” शुरु भएको छ ।

आज सम्पन्न उदघाटन खेलमा आयोजकले विजयी सुरुवात गरेको छ । वगर भाइ खलक सेतोले माहाविर स्पोर्टस क्लब हेटौंडालाई ४–१ गोल अन्तरले पाखा लगाउँदै विजयी सुरुवात गरेको हो । वगर भाइखलकका लागि मनोज गुरुङले ह्याट्रिक पुरा गरे ।

खेलको पहिलो मिनेटमानै मनोजले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । उनले खेलको ७ औं र ५० मिनेटमा गोल गरि ह्याट्रिक पुरा गरेका थिए । टिमका लागि दिपक गर्वुजा पुनले खेलको २५ औं मिनेटमा एक गोल थपेका थिए । यता पराजित टिमका तर्फ बाट अजय मानन्धरले एक मात्र सान्त्वना गोल फर्काए ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नर देवी पुनले प्रदेश सरकार खेलकुद बिकासका लागि प्रतिवद्ध रहेको जनाइन । उनले टुँडीखेल खेल मैदानको स्त्तरन्नतीका लागि प्रदेश सरकारले सहयोग गर्ने बताइन ।

उद्घाटन समारोहमा भुतपूर्व खेलाडी मञ्च नेपालका संस्थापक अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी खड्क रानाभाटलाई खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । वगर भाईखलकले संस्थापक अध्यक्ष रानाभाटलाई ताम्रपत्र, दोसल्ला र मालाले सम्मान गरेको हो । सामाजिक बिकास मन्त्री पुनले उनलाई सम्मान गरेकी थिइन ।

बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद कृष्ण थापा, संस्थाका महासचिब याम बहादुर गुरुङ लगाएतले संस्थाले खेलकुद रसमाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै प्रशंसा गरेका थिए ।

माघ ११ गते सम्म संचालन हुने प्रतियोगितामा विभिन्न ९ जिल्ला र भारत कलकत्ताका गरि २८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधी विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिता अन्तरगत माघ ७ गते सात वटा खेल संचालन हुनेछन । जस अनुसार पहिलो खेल वगर भाइ खल पहेलो विरुद्ध वुटवल भेट्रान, टि वर्गर जावलाखेल विरुद्ध सिमरा भेट्रान, धनिमञ्डल विरुद्ध विरगञ्ज यूथ एकेडेमी, हेटौंडा भेट्रान विरुद्ध दिप यूनाइटेड, चितवन निलो विरुद्ध एक्स पोखरा भेट्रान, हेटौडा भेट्रान निलो विरुद्ध ऋंखला क्लब भलाम र चवहिल स्पोर्टस काठमाडौं विरुद्ध लेकसाइड भेट्रान भिड्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close