
पोखरा, पोखरा वडा नं १७ मा लाग्ने ऐतिहासिक ढुङ्गे साँघुको मेलामा “२१ औं माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते प्रतियोगिता तथा सुवेदार मेजर धन बहादुर गुरुङ स्मृती कप–२०७६” सम्पन्न भएको छ ।

नेपाल स्ट्रोङगेष्ट क्युुकुशिन कराते संघ कास्कीले आयोजना गरेको उक्त कार्यक्रमलाई उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले खेल राष्ट्रिय पहिचानका लागि भएकाले कुनै पनि खेलाडीले खेलकुदको मर्यादा र अनुशासनलाई पालना गर्नुपर्ने बताए ।

क्यूकुशिन कास्कीले फुल कन्ट्याक्ट कराँतेको बिकासका लागि महत्वपूर्ण योगदान दिएको बताउँदै नवौ राष्ट्रिय खेलकुदमा समेत त्यसको तयारी गर्न परिषद सदस्य गुरुङले आग्रह गरे । उनले एक प्रसंग हालै यूवा तथा खेलकुद मन्त्रालयले ल्याउन लागेको खेलकुद ऐन खेलकुद बिकासमा बाधक मात्रै नभै खेलकुदमा बिकास गर्न खोज्नेहरुका लागी खुट्टा तान्ने प्रवितीको रहेको भन्दै विरोध जनाए ।

१३ औं दक्षिण एशियाली खेलकुद पछि पोखरा रंगशालाको मुहारमा परिवर्तन आएको जनाउदै परिषद सदस्य गुरुङले खेलकुद बिकासका लागि स्वार्थ त्यागेर काम गर्ने हो भने परिवर्तन सम्भव छ भन्ने कुरा प्रष्ट रहेको बताए ।
सो अवसरमा परिषद सदस्य गुरुङले खेलाडीहरुलाई प्रशंसा गर्दै नगद समेत प्रदान गरेका थिए । कार्यक्रममा समाजसेवी तथा खेलप्रेमी हितमान गुरुङले समेत खेलाडीहरुलाई आफ्नो तर्फ बाट नगद प्रदान गरे ।

प्रतियोगितामा गण्डकी, वागमती र प्रदेश नं ५ बाट पुरुष ३० केजी तौलमा ३५ जना, ४० भन्दा मुनी तौलमा ३२ जना, पुरुष ५० केजी तौल भन्दा मुनीमा ३६ जना, पुरुष खुल्ला तर्फ ३० जना, महिला ४५ भन्दा मुनी तौलमा १६ र महिला खुल्ला तर्फ १६ जना गरि १६५ भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए ।
विजेता खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको संघका संरक्षक तथा मुख्य प्रशिक्षक शिव बहादुर गुरुङले बताए । समापन कार्यक्रम संघका अध्यक्ष कृष्ण बहादुर नेपालीको अध्यक्षतामा भएको थियो । सो अबसरमा प्रतियोगिताका संयोजक बिजयकुमार आले मगर, उपाध्यक्ष रत्न बहादुर आले मगर लगाएतले बोलेका थिए ।
प्रतियोगितामा खुला तौल पुरुषतर्फ बिक्की गुप्ता, किशोर पगेनी क्रमश प्रथम र दोश्रो तथा बिकाश मगर र अनिष बुढा मगर तेश्रो भए । महिला खुला तौलमा रोशनी गोतामे र कल्पना एसके क्रमश प्रथम र द्वितिय तथा सोनिमा कुँवर र करिना नेपाली तृतिय भएका छन ।

पुरुष ५० केजी तौलमा बिक्की गुप्ता, किशोर पगेनी प्रथम र द्वितिय भएका छन भने अनिष बुढा मगर र बिकास वुढा मगरले तृतिय स्थान प्राप्त गरे । यसै गरि पुरुष ४० केजी तौलमा रक्की गुप्ता र दिनेश गुरुङ पहिलो र दोश्रो भए भने नेपाल सुवेदी र लवन गुरुङ तेश्रो भएका छन । पुरुष ३० केजीमा रोशन गोतामे र रमित सानु मगर पहिलो र दोेश्रो भएका छन भने यमन गाहा मगर र रोहित सुनारले तेश्रो स्थान प्राप्त गरे ।

यसै गरि पुरुष २५ केजीमा सुवर्ण थापा र निशान तामाङ पहिलो र दोश्रो भएका छन भने सलिना थापा र आरुष राना मगरले तेश्रो स्थान पाए । महिला ४५ केजीमा शीला ठकुरी र शुष्मा थापा मगर पहिलो र दोश्रो तथा सोनिया कुवर र करिना नेपाली तेश्रो भए ।
