होङ्ग्वान्जी राष्ट्रिय महिला भलिबल: एपीएफ र न्यु डायमन्ड फाइनलमा

पोखरा, साविक विजेता विभागीय नेपाल एपीएफ क्लब र उपविजेता तथा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कथित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई तथा न्यु डायमन्डले विभागीय त्रिभुवन आर्मी क्लबलाइ पराजित गर्दै लगातार तेस्रो संस्करणको फाइनलमा भिडन्त पक्का गरेको हो । यि दुई टोलीले अघिल्लो दुवै संस्करणमा पनि फाइनल खेल खेलेका थिए । जसमा पहिलो संस्करणमा न्यु डायमन्ड तथा दोस्रो संस्करणमा एपीएफ च्याम्पियन बनेको थियो ।

पहिलो सेमिफाइनलमा एपीएफले पुलिसमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । एपीएफले पुलिसमाथि २५–१४, २५–१८ र २५–१७ को जित निकाल्यो ।

शनिबारै भएको दोस्रो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि जित निकाल्दै फाइनलमा एपीएफसँगको भेट पक्का ग¥यो । डायमन्ड २५–१७, २५–१६ र २५–११ ले विजयी भयो ।

फाइनल खेल आइतबार हुनेछ भने त्यसअघि आइतबारै तेस्रो स्थानको लागि पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close