प्रेसिडेन्ट कप ब्याडमिन्टनः पाँचै स्पर्धाका स्वर्ण भारतको पोल्टामा

पोखरा, काठमाण्डौमा सम्पन्न प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सेरिज २०२० को पाँचै विधाको स्वर्ण भारतले आफ्नो पोल्टामा पारेको छ ।

पुरुष एकल तर्फको खेलमा भारतका जुनियर नम्बर एक तथा बिश्व जुनियर बरियतामा तेश्रो स्थानमा रहेका मिरबा लुवाङ्गले दुवई ईन्टरनेशलन सिरिजका बिजेता प्रिन्स दाहाललाई २१–१६, २१–२३, २१–१५ ले पराजित गर्दै उपाधी उचाले । मिरबा भर्खरै बंगलादेशमा सम्पन्न बंगलादेश जुनियर ईन्टरनेशनलका समेत बिजेता हुन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ भारतकी तस्निम मिरले उपाधी उचालिन् । मिरले मलेसियाकी करुपथेभन लेत्शानालाई २१–१७, २१–१४ ले पराजित गरिन् ।

यस्तै पुरुष युगल तर्फ आर. बिकास प्रभु र अरुण कार्तिक के. को जोडीले नेपालमा प्रिन्स दाहाल र पेम्बा शेर्पाको जोडीलाई १९–२१, २१–१३, २१–१६ ले पराजित गर्दै उपाधीलाई आफ्नो पोल्टामा पारे ।

महिला युगल तर्फ ननधा के. र सानिया सिकन्दरको जोडीले नेपालका बिष्णा बिष्ट र प्रश्ना खत्रीको जोडीलाई २१–६, २१–६ को समान अन्तरमा पराजित गर्दै स्वर्ण हात पारे ।

यसैगरि मिक्स डबल्स तर्फ भारतका मुरुगप्पा केएस र सानिया सिकन्दरको जोडीले भारतकै आयन रशिद र तस्मिन मिरको जोडीलाई २१–१७, २१–१४ ले पराजित गर्दै उपाधी हात पारे ।

बिजयी खेलाडीहरुलाई प्रतिनिधी सभाका साँसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जून बि.क., नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष द्वय प्रकाश बहादुर शाही र रमेश कुमार श्रेष्ठ, काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष शंकरबहादुर सिंह लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close