हाप्किडो संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा एमबी आस्था

पोखरा, कोरियन मार्शल आर्ट संग जोडिएको हाप्किडो खेलको गण्डकी प्रदेशमा गठन गरिएको छ । नेपाल मार्शल आर्टस हाप्किडो संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) चयन भएका छन । आस्था नेपाल खेलकुद पत्रकार मंच गण्डकीको सदस्य समेत हुन ।

एक सदस्यपछि थप हुने गरि १३ सदस्यीय प्रदेश समितिको उपाध्यक्षमा तारामाया थापामगर र दिनेश रोकामगर, सचिवमा प्रेम बुढामगर र कोषाध्यक्षमा वसन्ती बुढामगरलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा मदन जिसी, रेखा तामाङ, विराज गुरुङ, दर्शन आलेमगर, कृष्ण महर्जन, कृतिका गिरी र सन्दिप वि.क. रहेकाछन ।

समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मिना गुरुङले शुरुमा स्वास्थ्य र मनोरञ्जनसँग मात्र जोडिएको खेलकुद क्षेत्र अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको भन्दै खेल क्षेत्रको विकासको लागि सबै एकजुट हुनुपर्ने बताइन ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुनमगर, मगर संघ कास्कीका सल्लाहकार बालकृष्ण काउछमगर, संचारकर्मी हर्क आलेमगर, नेपाल मार्सल आर्टस हाप्किडो संघ ५ नं. प्रदेशका संयोजक सुवास परियार लगायतले बोलेका थिए ।

नयाँ समितिको घोषणा गर्दै हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले अगामी माघ ११ र १२ गते पोखरामा हुने हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारलाई मध्य नजर गर्दै आफूहरुले गण्डकी प्रदेशमा संघको नयाँ समिति गठन गरेको बताए । २० भन्दा बढी राष्ट्रका खेलाडी र खेल प्रशिक्षकले सहभागिता जनाउने उक्त सेमिनारले पोखराको खेलकुद र पर्यटन क्षेत्रमा मात्र नभई नेपाल भ्रमण वर्षलाई पनि सहयोग पुग्ने उनको भनाई थियो ।

आत्म रक्षाका लागि खेलिने हाप्किडोको च्याम्पियनसिप आफ्नै विधि, प्रक्रिया र नियमानुसार खेलिन्छ । यस खेलमा किक, पञ्च, थ्रोइंग लक सम्पूर्ण शरीरका अंगहरु र टेक्निकहरूको प्रयोग गरिएको हुन्छ साथै शरीरका अंगहरू बाहेक पिस्तोल, लाठी, चाकु, डोरी जस्ता आत्मरक्षाका आधुनिक हतियार प्रयोग गरिएको हुन्छ । हाप्किडो तेक्वान्दो, कराते, बक्सिङ, जूडो आदि मार्शल आटर््स खेलको समिश्रण रहेको खेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close