मैदानमा कुटाकुट गर्ने ६ खेलाडीलाई एन्फाले गर्यो निलम्वन

पोखरा,  अखिल नेपाल फुटबल संघ (एन्फा) ले मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्रका खेलाडीलाई कारबाही गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार दशरथ रंगशालामा भएको खेललगत्तै मैदानमा कुटाकुटमा उत्रिएका मनाङ र मछिन्द्रका खेलाडीलाई एन्फाले खेलमा प्रतिबन्ध लगाउने सम्मको कारबाही गरेको छ ।

 खेल सकिए लगत्तै भएको झगडामा दोषी ठहरिएका मनाङका जगजीत श्रेष्ठ र अशोक बरालविरुद्ध कडा कदम चालेको छ । उनीहरुलाई पाँच खेलमा प्रतिबन्ध लगाएको एन्फाले विज्ञप्ति मार्फत जनाएको छ । उनीहरुलाई जनही १० हजार जरिवाना गर्ने एन्फाले निर्णय गरेको छ ।

यस्तै, मनाङकै रञ्जन विष्टलाई दुई खेल प्रतिबन्ध लाउने निर्णय पनि भएको एन्फाले जनाएको छ । मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल पनि दुई खेल प्रतिबन्ध लगाएको छ ।

यस्तै, मनाङका अफिसियल शिव लामालाई लिगको बाँकी सबै खेलमा प्रतिबन्ध लगाइएको छ भने १० हजार जरिवाना तिराउने निर्णय भएको छ । टिमको बेञ्चलाई अनुशासनमा राख्न नसकेकामा दुबै टिमलाई ५० हजार जरिवाना समेत तोकिएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close