प्रेसिडेन्ट कप : स्टार खेलाडी प्रिन्सको विजयी सुरुवात

पोखरा, दुवई ईन्टरनेशनल सिरिजका विजेता ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहाल प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिजमा पहिलो जित निकाल्दै विजयी सुरुवात गर्न सफल भएका छन् ।

आजबाट सुरु भएको प्रतियोगितामा दाहालले भारतका आर. बिकास प्रभुलाई २१–१५, ७–२१, २१–१४ को जित निकाल्दै पुरुष एकल तर्फ सेमिफाईनल यात्रा तय गर्न सफल भए । नरेन्द्र बमले भने भारतका नितिन कुमारबाट वाक ओभर प्राप्त गरे ।

यु–१९ को मात्र प्रतिस्पर्धा रहेको प्रतियोगितामा प्रिन्सले जित निकाल्दै गर्दा अन्य नेपाली खेलाडीहरुले भने उनलाई पछ्याउन सकेनन् । पुरुष एकल तर्फ आज भएको प्रतिस्पर्धामा जे.बि. साउद भारतका खेलाडी शिभम कुमार मिश्र संग २१–१६, २१–११ ले पराजित भए ।

यस्तै पराजयलाई निरन्तरता दिंदै प्रियान्शु सिंह क्षेत्री श्रीलङ्काका दुमिन्दु अवेविक्रमा संग २१–१३, २१–१४ ले, पेम्बा शेर्पा श्रीलङ्काकै दिगायु कहातापितिया संग १७–२१, २१–८ र २२–२० को प्रतिस्पर्धात्मक खेलमा पराजित भए । यस्तै गोकुल जोरा भारतका अभिन बशिष्ठ संग २१–९, २१–९ को समान अन्तरले तथा अमृत चौधरी भारतका आयान रशिद संग २१–८, २१–७ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ पनि नेपाली खेलाडीहरुले पहिलो चरण पार गर्न सकेनन् । प्रसुना खत्री मलेसियाकी श्रन्या कबिलान संग २१–१०, २१–९ ले तथा बिष्णा बिष्ट भारतकी अनुपमा उपाध्यायसंग २१–४, २१–६ ले पराजित हुन पुगे ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्माले एक कार्यक्रमविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले मन्त्री बिश्वकर्मालाई मायाको चिनो प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close