
पोखरा, रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सवमा वेटर्स दौड प्रतियोगिताको उपाधि मेड फाएभ रेष्टुरेष्टका भुमिराज कुबँरले जितेका छन् ।
प्रतियोगितामा अन्य १३ जना प्रतियोगिता पछि पार्दै उनले नगद ७ हजार र प्रमाणपत्र हात पार्न सफल भए । त्यसै गरि प्यराडिसोमा कार्यरत तुलसी थापा दोस्रो भए । उनले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरे । त्यसै गरि चिल्लीबार रेष्टुरेण्टका मिलन गुरुङले तेस्रो हुदै नगद ३ हजार र प्रमाणपत्र जित्न सफल भए ।

त्यसै गरि वेइट्रेस प्रतियोगितमा जसमिन थाइचाइकी पुजा रसाइली पहिलो भइन् भने जसमिन थाइचाइकै पुनम पुन मगर दोस्रो भइन् । उनीहरुले क्रमस नगद ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गरे । त्यसै गरि जेबिस्टा क्याफेकी आकांक्ष तेस्रो भइन् । उनले नगत ३ हजार सहित प्रमाणपत्र प्राप्त गरिन् । वेइट्रेस तर्फ ६ जनाले भाग लिएका थिए ।
प्रतियोगिताका विजेतालाई पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोख्ररेल, रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, पश्चिमाञ्चल होटल संघ पोखरा पुर्व अध्यक्ष गोविन्द पहारी, बोटलर्स नेपाल पोखरा मार्केटीङ म्यानेजर केपी गौतम, महोत्वसका सहसंयोजक बसन्त गौतम, प्रचार प्रसार संयोजक विश्वराज पौडेल, रेवान पोखराका सचिब विकास भट्टराई लगाएले पुरस्कार वितरण गरेका थिए ।
