ह्याण्डबलका सिनियर प्रशिक्षक पार्वत गुरूङको उपचारका क्रममा निधन

पोखरा स्पोर्ट्स । नेपाली ह्याण्डबलका सिनियर प्रशिक्षक पार्वत गुरूङको उपचारका क्रममा शनिबार निधन भएको छ ।

६२ वर्षीय गुरूङको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको कोशी प्रदेश ह्याण्डबल संघका अध्यक्ष शम्भु पौडेलले पोखरा स्पोर्ट्सलाई जानकारी दिनुभएको हो । केही दिनअघि उदयपुरस्थित त्रियुगा नगरपालिकामा आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परेपछि उहाँ उपचाररत हुनुहुन्थ्यो ।

लामो समयदेखि स्वयंसेवी प्रशिक्षकका रूपमा सक्रिय गुरूङ कोशी प्रदेश ह्याण्डबल संघको प्राविधिक विभाग संयोजकको जिम्मेवारीमा समेत रहनु भएको थियो ।

उदयपुर त्रियुगा नगरपालिका–६ का स्थायी बासिन्दा स्वर्गीय गुरूङको परिवारमा श्रीमती, एक छोरा र तीन छोरी रहेका छन् ।

सिनियर प्रशिक्षक गुरूङको निधनप्रति नेपाल ह्याण्डबल संघले गहिरो दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष पिताम्बर तिम्सिनाले गुरूङको असमायिक निधनले नेपाली ह्याण्डबल तथा समग्र खेलकुद क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । उहाँले स्वर्गीय गुरूङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close