
पोखरा, रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखराको आयोजनामा २१ औ पोखरा सडक महोत्सव जारी रहेक्रै बेला सम्पन्न डुङगा दौड प्रतियोगितामा फिस्टेल घाट पहिलो भएको छ ।
फिस्टेल घाटबाट सहभागी दिपेन्द्र परियार, आशिष परियार र अमिश परियारले पहिलो हुँदै नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे ।
बाराही घाट ईबाट सहभागी दिपेश परियार, पुर्ण मगर र जिवन मगरको समुहले दोस्रो स्थान प्राप्त ग¥यो । उनीहरुले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे । बाराही घाट डिबाट केवल चौधरी, लेख माझी र गणेश माझीले तेस्रो हुदै ५ हजार नगद जित्न सफल भए ।
त्यसै गरि गौरीघाट समुहबाट गौतम भुजेल, सुवास सुबेदी र अमृत नेपालीले सान्तोना पुरस्कार नगद २ हजार जित्न सफल भए ।
प्रतियोगितामा ११ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, महोत्सवका संयोजक लक्ष्मण बराल, पुर्व अध्यक्ष चौ बहादुर गुरुङ, महोत्वसका सहसंयोजक बसन्त गौतम लगाएतले पुरस्कार वितरण गरेका थिए ।
