
पोखरा, नेपाल केन्पो काई एशोसियशन नेपालको आयोजनामा पोखरामा चौथो राष्ट्रिय केन्पोकाई च्याम्पियनसिप तथा दोश्रो नेपाल भार्त मैत्रीपुर्ण प्रतियोगिता २०७६ हुने भएको छ । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पुस १२ गते पोखरा रगंशालामा प्रतियोगिता संचालन गर्ने तयारी भैरहेको नेपाल केन्पोकाई एशोसियसनका अध्यक्ष प्रगत कायस्थले जानकारी दिए ।
प्रतियोगितामा भाग लिन नेपाल भरिका सातै प्रदेशबाट चार सय खेलाडी सहभागी हुने उनले बताए । साथै भारतवाट २० जना खेलाडीहरु दोश्रो नेपाल भारत केन्पोकाई च्याम्पियनशिपमा सहभागिता जनाउन पोखरा आईसकेको अध्यक्ष कायस्थले जानकारी दिए ।
जापानी परम्परागत मार्शल आर्ट खेल मध्येको एक खेल केन्पोकाई नेपालमा १० वर्षदेखि निरन्तर खेलिदै आएको केन्पोकाईका मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए । उनले प्रतियोगितामा पुरुष र महिला विधामा प्रतिस्पर्धा गराइने बताए । केन्पोकाईमा गण्डकी प्रदेशमा मात्रै २ हजार खेलाडी आवद्ध रहेको जानकारी दिँदै सातै प्रदेशबाट करिब ४ सय खेलाडी पोखरा आउने प्रशिक्षक खड्काले बताए ।
प्रतियोगितमा १४ वटा तौल समुहमा प्रतियोगिता गराइने र प्रत्येक समुहमा प्रथम, द्वितिय, तृतिय र चौथौलाई मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
पोखरामा खेलकुद मार्फत पर्यटन प्रवद्धनलाई टेवा पुराउन यस प्रतियोगिताले भुमिका खेल्ने अध्यक्ष कायस्थको दावी छ ।
