हिसान कास्की स्पोर्टस् मिट पुस ९ बाट, सदस्य सचिबले उद्घाटन गर्ने

पोखरा, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजनागर्ने ‘१३ औं हिसान कास्की स्पोर्टस् मिट २०७६’ पुष ९ देखि १२ गते सम्म पोखरा रंगशालामा संचालन हुने भएको छ ।

विद्यार्थी विद्यार्थी बिच र विद्यालय बिच आपसी समझदारी एवं भाइचाराको भावना विकसित गर्ने तथा विद्यार्थीको सुर्वाङ्गीण विकासको लागि आयोजित स्पोर्टस मिटको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालले उद्घाटन गर्ने भएका छन । सदस्य सचिब सिलवाल हिसानका केन्द्रिय अध्यक्ष समेत हुन ।

२०६४ साल देखि हरेक वर्ष कास्कीमा सञ्चालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ को सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्माले जानकारी दिएका छन । उनले भने–‘हिसानले बार्षिक क्यालेण्डरनै बनाएर हरेक वर्ष स्पोर्टस मिट गर्दै आएका छौं, जुन १३ वर्ष देखि कास्कीमा निरन्तर जारि छ, यसले शिक्षाको बिकास संगै खेलाडी उत्पादनमा समेत टेवा पुगेको छ भन्ने विश्वास लिएका छौं ।’

प्रतियोगिता अन्तरगत माबीतह (कक्षा ११–१२) सम्म छात्र–छात्रा भलिबल, छात्र–छात्रा टेबल टेनिस तथा छात्र–छात्रा बास्केटबल प्रतियोगिता हुने हिसानका सल्लहाकार एवम प्रतियोगिता संयोजक बाबुराम पन्तले जानकारी दिएका छन । संयोजक पन्तका अनुसार विश्वविद्यालय तहतर्फ भने छात्र–छात्रा बास्केटबल प्रतियोगिता हुनेछ ।

स्पोर्टस् मिट अन्तरगत माबीतह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल माबी तह छात्रतर्फ ३३ टिम, छात्रा तर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ ६ टिमको सहभागिता हुनेछ । त्यसै गरि छात्र टेनिस माबी सिंगल्समा ७२ जना, छात्रा सिंगल्समा ३८ जना, छात्र डवल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको सहभागिता रहेको छ ।

हिसान कास्कीमा आवद्ध ६८ विद्यालयमा ५३ विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउने भएका हुन । यो सहभागिता गतवर्ष भन्दा उत्साहजनक रहेको अध्यक्ष शर्माले बताएका छन । उनका अनुसार बास्केटबल खेल भने पोखरा रंगशाला बास्केटबल कोर्ट र अम्त्रर सिंह माबीको बास्केटबल कोर्टमा हुनेछन ।

पुष ९ गते हुने उद्घाटन समारोहमा हिसानले आयोजना गरेका शैक्षिक कृयाकलाप अन्तरगत सम्पन्न नेपाली अंग्रेजी निवन्ध प्रतियोगिता र वक्तित्वकलामा प्रथम, द्वितिय, तृतिय र सान्तत्वना हुने विद्यार्थीहरुलाई पुरुस्कार तथा प्रमाणपत्र वितरण गरिने छ ।

प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न हिसान कास्कीका सल्लाहकार बाबुराम पन्तको संयोजकत्वमा विभिन्न १४ वटा समितीहरु गठन गरिएको छ । हिसानका सल्लाहकार समेत रहेका प्रचार प्रसार समितीका संयोजक रमाकान्त बरालका अनुसार भलिबल तर्फको संयोजकमा पुरन कुवँर, वास्केटबलको संयोजकमा पुष्पराज पराजुली र टेवल टेनिस तर्फको संयोजकमा दुर्गादत्त पंगेनी रहेका छन ।

यसै गरि खाना तथा खाजा संयोजकमा ढाकाराम कडेल स्टेज, साउन्ड व्यवस्थापन संयोजकमा सुन्दर प्रसाद ढकाल, स्वास्थ्य तथा सुरक्षा संयोजकमा शेर बहादु गुरुङ्ग, मेडल, पुरस्कार तथा सर्टिफिकेट संयोजकमा नारायण शर्मा चापाँगाई, न्यायीक संयोजकमा सूर्य बहादुर जि.सी, कार्यालय व्यवस्थापन समितिमा संयोजक दिवाकर जैशी र आर्थिक व्यवस्थापन समितिमा संयोजक डा. त्रिभुवन शर्मालाई चयन गरिएको छ । त्यसै गरि अतिथी सत्कार तथा स्वागत संयोजकमा याम बहादुर रोका, विशेष व्यक्तित्व व्यवस्थापन संयोजकमा रामजी शर्मा चयन भएका छन ।

हिसान कास्कीका अध्यक्ष शर्माका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख खर्च लाग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close