बंगलादेशविरुद्धको एकदिवसीय सिरिज श्रीलंकाले जित्यो

पोखरा स्पोर्टस ।  श्रीलंकाले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेल ९९ रनले जितेर श्रीलंकाले ३ खेलको एकदिवसीय सिरिज २-१ ले जितेको हो ।

श्रीलंकाले दिएको २८६ रनको लक्ष्य पछाएको बंगलादेशले ३९.४ ओभरमा अल आउट हुदै १८६ रन मात्र बनाएको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले कुसल मेन्डिसको १२४ रनको मद्धतले ५० ओभरमा ७ विकेट गुमाउदै २८५ रन बनाएको थियो ।

यसअघि सिरिजको पहिलो खेल श्रीलंकाले ७७ रनले जितेको थियो भने दोस्रो खेल बंगलादेशले १६ रनले जितेको थियो । 

अब दुवै देश ३ खेलको टी-२० सिरिज खेल्ने छन् । टी-२० सिरिजको पहिलो खेल जुलाई १० मा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close