
पोखरा, पोखराका सन्तोक गुरुङको दोश्रो बार्षिकीको अवसरमा पोखराको सहारा एकेडेमीलाई सहयोग प्राप्त भएको छ ।
स्व.सन्तोकका बाबु बन्दसिंह गुरुङ, आमा दिल माया गुरुङले आफ्नो छोराको दोश्रो बार्षिकीको अवसरमा एकेडेमीमा पुगेर सहारा एकेडेमीको अक्षयकोषमा १ लाख १ हजार १ सय ११ रुपैया सहयोग हन्तान्तरण गरेका हुन । उनीहरुले क्लवका बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङलाई उक्त रकम हस्तान्तरण गरे ।
आफ्नो छोराको दोश्रो बार्षीकीको अवसरमा सहारा एकेडेमीका वालकहरुको भरणपोषमा थप टेवा पुग्ने उद्धेश्यले आफुहरुले सानो सहयोग गरेको सन्तोकका बाबु बन्दसिंहले बताए । साथै उनीहरुले एकेडेमीका बालहरुलाई भोजन समेत गराएका थिए ।
उक्त अवसरमा सन्तोकका बाजे हस्तबिर गुरुङ, बज्यै नौनी माया गुरुङले १० हजार २५ रुपैया सहयोग प्रदान गरे भने सन्तोकका काका सुसिल गुरुङ र काकी लक्ष्मी गुरुङबाट सहारा एकेडेमीको अक्षयकोषको लागि १० हजार १ सय ५ रुपैया सहयोग गरेकाछन । सहारा क्लवका बरिष्ठ उपाध्यक्ष गुरुङले धन्यवाद दिदै यस्तै सहयोगबाट सहारा एकेडेमी संचालन हुदै आएको बताए ।
सहारा क्लब पोखराद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु सम्मेलित १३ जिल्लाका २५ जना सहारा फुटबल एकेडेमीमा आबद्ध भएको उपाध्यक्ष विश्वराज बरालले बताए । उक्त अक्षयकोषमा रकम जम्मा हुने क्रम जारी रहेको महासचिव रामजी प्रसाद अधिकारीले बताए ।
