‘प्याबसन स्पोर्टस मिट’ : फुटबलतर्फ बाल कल्याण, जेसिए, मेरी गोल्ड, हार्वड र ग्लोबल बिजयी

पोखरा, निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ मा सिनियर तथा जुनिएर छात्र तर्फ फुटबलका प्रि क्वाटरका खेलहरु जारी रहेका छन ।

बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टस मिटमा शनिबार सिनियर तथा जुनियर छात्र तर्फ फुटबलका खेलहरु जारी रहेका छन ।

सिनियर छात्र तर्फ सम्पन्न खेलमा धौलागिरी, टप्स, स्टेप बाई स्टेप, शान्ती दिप, कन्चनजंघा, बाल कल्याण, जेसिए, मेरी गोल्ड, हार्वड र ग्लोबल बिजयी भए ।

आज भएको खेलमा धोलागिरीले प्रगतीलाई ३–० ले, टप्सले सगरमाथालाई ७–० ले, स्टेप बाई स्टेपले टाइ ब्रेकरमा भाष्कर मेमोरियललाई ५–४ गोलले, शान्ती दिपले पोखरा एकेडेमीलाई १–० ले हार्वडले पश्चिमाञ्चललाई ४–० गोल अन्तरले पराजित गरको छ ।

यसै गरि सिनियर तर्फनै कन्चनजंघाले न्यू मोडललाई १–० ले पराजित गर्दा बालकल्याणले कृशल श्रेष्ठको ह्याट्रिकमा न्यू मोडललाई ३–० गोलले पराजित गरेको छ भने जेसिएले गोल्डन फ्यूचरलाई १–० ले, मेरी गोल्डले पोखरा युनाइटेडलाई १–० गोलले र ग्लोबलले गुरुकुललाई ६–० को भारि गोल अन्तरले पाखा लगाउँदै दोश्रो चरणमा प्रवेश गरेको छ ।

यता छात्र जुनियर तर्फ शान्ती दिप, पोखरा यूनाइटेड, रेन्वो एकेडेमी, ज्ञानुबाबा, प्रगती, शिसु कल्याण, ग्लोबलल नवदिप र नेपाल आदर्श विजयी भएका आ–आफ्ना खेल जितेको प्याबसन कास्कीका सचिब विष्णु प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा तर्फ १७ टिमको सहभागिता रहेको छ । यहि मंसिर ३० गते बाट पोखरा रंगशालामा भलिबल, एथलेटिक्स र टेबुल टेनिसका खेलहरु संचालन हुनेछन । प्यावसन स्पोर्टस मिटको औपचारिक उद्घाटन पुस १ गते पोखरा रंगशालामा हुनेछ ।

पोखरामा १० दिन सम्म निरन्तर चल्ने प्याबसन स्पोर्टस मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्य दर्शकहरुले अवलोकन गर्ने प्याबसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले बताएका छन ।

कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close