
पोखरा, पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० लिग क्रिकेट प्रतियोगिताको दोश्रो संस्करणको उद्घाटन भोली (आइतबार) पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदानमा हुने भएको छ ।
पिपिएलको आयोजक संस्था क्वीन्स इभेन्ट मेनेजमेन्ट प्रालीका प्रवन्ध निर्देशक छुम्बी लामाका अनुसार प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले एक समारोहका विच गर्ने भएका छन ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य रमेश कुमार सिलवालले समेत सम्वोधन गर्नेछन ।
भोली हुने उद्घाटन खेलमा पहिलो संस्करणको विजेता पोखरा पल्टन र काठमाडौ गोल्डेन वारियार्सका विच हुँदैछ । आयोजकले दर्शकको चापलाई मध्यनजर गर्दै ५ हजार क्षमताको अस्थायी प्यारापिट तयार पारेको छ भने शुरक्षा व्यवस्थालाई समेत बलियो बनाएको छ ।
