सदस्य सचिब सिलवाल पोखरामा, स्टेडियम २० हजार क्षमताको बनाउने तयारी

पोखरा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल यतिबेला पोखरामा आएका छन । पोखरामा आयोजनाहुने दोश्रो सस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) मा अतिथीको रुपमा सहभागिता जनाउन आएका सदस्य सचिब सिलवालले स्टेडियमलाई २० हजार क्षमताको बनाउने बारे अध्ययन समेत शुरु गरेका छन ।

पिपिएलको आज शनिवार हुने भनिएको उद्घाटन खेल प्रतिकुल मौसमका कारण रोकिएपछि सदस्य सचिब सिलवालले पोखरा रंगशालाको निरिक्षण भ्रमण गरेका छन । पोखरा रंगशालाका प्राविधिक प्रनिश ताम्राकार सहित राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी संग पोखरा रंगशालालाई २० हजार क्षमताको बनाउन कसरी गर्ने भन्ने बारे छलफल समेत गरेका थिए ।

स्टेडियमको पूर्व तर्फको भाग र पश्चिम तर्फ ‘सि’ ग्यालेरीतर्फ गरि करिब ३ हजार ५ सय को संख्यामा कुर्ची थप गर्न सकिने प्राविधिकहरुले आंकलन गरेका छन । सदस्य सचिब पोखरा आए संगै उनले राष्ट्रिय खेलकुद परिषद पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायलाई पोखरा बोलाएका छन । नवौ राष्ट्रिय खेलकुदको तयारी संगै रंगशालामा दर्शक क्षमता बढाउने विषयमा आफू सकरात्मक रहेको सदस्य सचिब सिलवालले बताए ।

अहिले रंगशाला निर्माण गरिरहेको भारतको ग्रेट स्पोर्टस र नेपालको एमए कन्सट्रक्सनले गरिरहेको छ । करिब १ अर्व २८ करोड ५० लाखको लागतमा १६ हजार ५ सय क्षमताको करिब सम्पन्न हुन लागेको पोखरा रंगशालाको स्टेडियम ४० हजार क्षमताको बनाउनुपर्ने आवाज पहिल्यै बाट उठ्दै आएको छ ।

अबको ठिक १५ महिना पछि अर्थात २०७७ फागुन २० गते हुने नवौ राष्ट्रिय खेलकुद पोखरामा हुने तय भएपछि राष्ट्रिय खेलकुद परिषद रंगशालामा आवश्यक पूर्वाधार निर्माणको तयारी समेत गरिरहेको छ ।

शनिबार बिहान खेलकुदका कर्मचारी र खेलकुद संघका केही पदाधिकारीहरु संग समेत औनपचारिक छलफल गरेका सदस्य सचिब सिलवालले पोखरामा १३ औं साग सफलतापूर्वक सम्पन्न गर्न खेलेको भूमिकाका लागि धन्यबाद समेत दिए ।
तस्बिरः शुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close