कास्की ‘प्याबसन स्पोर्टस मिट–२०७६’ मा फुटबलका खेलहरु जारी

पोखरा, निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ मा सिनियर तथा जुनिएर छात्र तर्फ फुटबलका खेलहरु जारि रहेका छन ।

बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन र राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टस मिटमा शुक्रबार सिनियर छात्र तर्फ सम्पन्न खेलमा बेसलाइनले टाइब्रेकरमा निलगिरीलाई ६–५ गोल अन्तरले पाखा लगाएको छ । दुबै टिमले निर्धारित समयमा गोल गर्न नसक्दा खेल टाई ब्रेकरमा धकेलिएको थियो ।

यसै गरि सिनियर छात्र तर्फनै भएका खेलहरुमा शान्ती दिपले पारामाउन्टलाई ४–० ले पराजित गर्दा रेन्बो एकेडेमीले एक्स आर्मीलाई ५–१ गोलले पाखा लगायो भने मर्निङ स्टारले नेशनल इन्भेन्टिभलाई ३–१ र सरस्वती सेकेण्डेरीले तारा कुञ्जलाई ३–० गोल गर्दै बिजयी भयो । त्यसै गरि प्रगतीले ज्ञानुबाबालाई ७–० को भारि गोल अन्तरले हरायो ।

यता जुनियर छात्र तर्फ भएको खेलमा शान्ती दिपले तारापुञ्जलाई ५–० गोलले पराजित गरेको छ । शान्ती दिपका लागि सुदिप सुनारले ह्याट्रिक पुरा गरेका थिए । जुनयिर तर्फनै गुरुकुल, गोल्डेन फ्युचर, स्टेप बाई स्टेप, ज्ञानु बाबा, र भ्यू पोइन्टले आ–आफ्ना खेलहरु जितेका छन । शुक्रबार पोखरामा प्रतिकुल मौसमका कारण केही खेलहरु स्थगित भएका छन । स्थगित खेलहरु शनिबार बिहान गरिने प्याबसन कास्कीका सचिब विष्णु तिमिल्सिनाले बताएकाछन ।

प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा तर्फ १७ टिमको सहभागिता रहेको छ । त्यसै गरि सिनियर छात्र भलिबलमा २४, छात्रा तर्फ १७, टेबुल टेनिस छात्र तर्फ ३९, छात्रा तर्फ २६ तथा एथलेटिक्स छात्रतर्फ ६३ र छात्रा तर्फ ४८ विद्यालयका खेलाडीहरुको सहभागिता रहने प्याबसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले बताएका छन ।

एथलेटिक्स जुनियर र सिनयर तर्फ छात्रका १० वटा इभेन्ट र छात्रा तर्फ ८ वटा इभेन्ट हुनेछन । त्यसै गरि छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र–छात्रा टेबुल टेनिस र एथलेटिक्सका खेलहरु भने पोखरा रंगशालमा यहि मंसिर ३० गते बाट हुने प्रतियोगिताका संयोजक मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन ।

सबै खेलहरुका इभेन्टमा सबै भन्दा वढी अंक हासिल गर्ने विद्यालयलाई प्यावसन स्पोर्टस मिट रनिङ शिल्ड प्रदान गरिने छ । पोखरामा १० दिन सम्म निरन्तर चल्ने प्याबसन स्पोर्टस मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्य दर्शकहरुले अवलोकन गर्ने प्याबसन कास्कीका अध्यक्ष शर्माले बताएका छन । प्यावसन स्पोर्टस मिटको औपचारिक उद्घाटन भब्य कार्यक्रमका विच पुस १ गते पोखरा रंगशालामा हुनेछ ।

कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ ।

लेखनाथ भण्डारढिक स्थित आदर्श खेल मैदान, नेपाल आर्दश माबीको खेलामैदान, विष्णुपादुका खेल मैदान हेमजा र मझेरीपाटन स्थित शान्तिदीपको खेल मैदानमा नक आउट चरणका खेलहरु शुरु गरिएको प्याबसन कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close