पोखरामा सम्पन्न सागमा कुन देशले कति पदक जिते ?

पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न ८ खेलहरुमा भारतले सबै भन्दा धेरै पदक जित्न सफल भएको छ ।

यहि मंसिर १५ गते देखि २३ गते सम्म पोखरामा सम्पन्न भएको कुल १५० पदकका लागि भएको ८ खेलहरुमा भारतले १९ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्दै कुल २८ पदक जित्न सफल भएको छ ।

त्यसै गरि बंगालादेश १३ स्वर्णका साथ दोश्रो स्थान प्राप्त गरेको छ । बंगालादेशले आर्चरीमा १० स्वर्ण जित्दै क्लिबन स्विप गरेको थियो । बंगालादेशले ६ रजत र ८ कास्यका साथ कुल २७ पदकका दोश्रो स्थान हासिल गरेको छ ।

पोखरामा ७ राष्ट्र सहभागी मध्ये श्रीलंकाले कुल ३८ पदकका साथ तेश्रो स्थान प्राप्त गरेको छ । श्रीलंकाले २० रजत र १२ कास्यका आफ्नो पोल्टामा पार्न सफल भयो ।

पाकिस्तान ६ स्वर्ण, २ रजत र ५ कास्य जित्दै कुल १३ पदकका साथ चौथो, आयोजक नेपाल ४ स्वर्ण, ९ रजत र २१ कास्यका पाचौं, भुटान ५ रजत र ४ कास्यका साथ छैटौं र मालदिभ्स १ रजतका साथ सातौं स्थान प्राप्त गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close