
पोखरा, १३ औं दक्षिण एशियाली खेलकुद २०१९ (साग) पोखरामा एक दिन अगावै सफलता पूर्वक सम्पन्न भएपछि साग आयोजक समिती पोखराले आयोजनाका क्रममा सहयोग गर्ने सबैमा आभार प्रकट गरेको छ ।
साग व्यवस्थापन तथा सहजिकरण समिती पोखराका तर्फ बाट संयोजक नर देबी पुन मगरले एक प्रेश विज्ञप्ती जारी गरि सबैमा आभार प्रकट गरेकी हुन ।
इहि मंसिर १५ गते बाट सुरु भएको सागमा विभिन्न ८ खेलहरु पोखरामा सफलतापूर्वक सम्पन्न भएको र यस प्रतियोगिताले गण्डकी प्रदेशको राजधानी पोखरालाई विश्व खेलकुदको रंगमञ्चमा पहिचान गराउन १३ औं सागले महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास समेत लिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पोखरामा आयोजना भएको सागमा खेलाडी र प्रशिक्षक गरि ८४२ जना, रेफ्री–जजहरु ४९४ गरि करिब १३०० भन्दा बढिको संख्यामा सात राष्ट्रका सहभागी खेलाडीहरुले देखाएको प्रर्दशनले निकै हर्षको अनुभुती भएको विज्ञप्तीमा जनाइएको छ ।
कुल ८ खेलमा १५१ वटा पदकका लागि भएको प्रतिस्पर्धाले आम खेलप्रेमिहरुलाई ध्यान खिच्न सफल मात्रै नभई अगामी दिनमा यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने सन्देश समेत प्रवाह गरेको गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि समेत रहेकी पुनले विज्ञप्तीमा जनाएकी छन ।
साग आयोजनाले समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्धनमा निकै नै महत्वपूर्ण भुमिका खेलेको जनाउँदै भ्रमण वर्ष २०२० लाई लक्षित समेत गरिएकोले खेलाडी र विदेशका विशिष्ट पाुहनाहरुलाई विशेष आतिथ्यता प्रदान गर्ने होटल व्यवसायी, सुरक्षाकर्मी, आम संचारकर्मी, आम पोखरेली खेलप्रेमीहरु, विभिन्न संघ/संस्था, चिकित्सक तथा अस्पतालहरु, स्वयंसेवकहरु, प्रायोजक दाताहरु, विभिन्न समितिमा रहेर सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरिएको छ ।
साथै साग आयोजनाका लागि गण्डकी प्रदेश सरकारलाई अवसर प्रदान गर्ने नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि प्रति समेत मन्त्रि पुनले आयोजकका तर्फ बाट आभार प्रकट गरेकी छन ।
यसका साथै प्रतियोगिता सफल पार्न नैतिक, भौतिक एवं आर्थिक सहयोग प्रदान गर्ने गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका प्रति पनि धन्यबाद व्यक्त गरेको विज्ञप्तीमा जनाईएको छ ।
तस्बिरः शुदर्सन रंजित
