कास्कीको घान्द्रुकमा फुटबल मैदान, असार भित्र सक्ने लक्ष्य

पोखरा, कास्कीको पर्यटकिय गाउँ घान्द्रुकमा फुटबल मैदान निर्माण हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले घान्द्रुकमा फुटबल मैदान निर्माण गर्न यस आवमा ५० लाख विनियोजित गरेको थियो ।

मन्त्रालय बाट निकासा भएको रकम बाट मैदानलाई पुर्णता दिन लागिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले जनाएका छन । केही दिन अघि मात्रै निरिक्षणका लागि पुगेका निवर्तमान अध्यक्ष श्रेष्ठले घान्दु्रक स्थित मेश्रम बराह मावीको खेल मैदानलाई फुटबल मैदानको रुपमा विकास गर्न मन्त्रालयले बजेट निकासा गरेको बताए ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) को निर्वाचन क्षेत्रमा पर्ने घान्द्रुकमा निर्माण सम्पन्न हुन लागेको मैदान कास्कीकै उच्च भुभागमा फुटबल मैदान हुने निवर्तमान अध्यक्ष श्रेष्ठले बताए । उनले भने–“यहि आर्थिक वर्षमानै यो काम सम्पन्न गर्न भनिएकोले कामलाई तिव्रता दिन हामी त्यहाँ पुगेका थियौं, आसा छ समयमानै काम सम्पन्न हुनेछ । घान्द्रुक समुन्द्र सतह देखि २०१२ मिटरमा अवस्थित छ ।

यो मैदानको निर्माणले त्यस क्षेत्रका युवाहरुलाई खेलकुदमा आर्कषित गर्न सकिनेका साथै उक्त क्षेत्र निकै सम्भावना बोकेको हुनाले पनि यो मैदानको आवश्यकता देखिएको निवर्तमान अध्यक्ष श्रेष्ठको भनाई छ । “यो मैदान निर्माण गर्नका लागि डाँडानै खार्न र ओरालो भुभागमा ग्याभिन वाल र ड्रेनेजको समेत प्रवन्ध हुनेछ” उनले भने–“पर्यटकिय गाउँमा यस प्रकारको मैदान निर्माणले खेलकुद पर्यटनको सम्भावनालाई मद्धत पुग्ने भएकोले पनि मन्त्रालयले नयाँ सोचका साथ कामलाई अघि बढाएको हो ।”

यो मैदानको कुल लम्वाई १०० मिटर र चौडाई ६२ मिटर रहने छ । यो मैदान निर्माण गर्न गत आवमा १५ लाख निकासा भएको थियो । युवा तथा खेलकुद मन्त्रालयले अन्नपुर्ण गाउँपालिका स्थित ढिकुर पोखरी खेलमैदानमा प्यारापिट र चेन्जिङरुम निर्माण गर्नका लार्गि थप ५० लाख निकासा गरेको कास्की जिलला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

स्मरणिय के छ भने कास्कीको निर्वाचन क्षेत्र नं ३ बाट संघिय साँसदमा निर्वाचित हुँदै जगत बहादुर विश्वकर्मा (सुनार) युवा तथा खेलकुद मन्त्रालयको पद सम्हाले पछि गण्डकी प्रदेश सहित कास्की जिल्लाको खेलकुद पुर्वाधार निर्माणले ठुलो फड्को मारेको छ । उनको यो दुई वर्ष कार्यकालमा पोखरा रंगशाला सहित अन्य ठाउँमा करोडौं बजेट निकासा भएको छ भने काम पनि द्रुत गतिमा अघि बढेको छ  . साथै केही सम्पन्न हुने तरखरमा समेत छन ।

मन्त्री विश्वकर्माकै कारणले पनि गत वर्ष मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापुर्वक सम्पन्न भएको थियो भने पोखरामा ८ र जनकपुरमा एक खेल सम्पन्न भएका थिए । देशका विभिन्न भागमा भ्रमण गर्दै आवश्यक्ता अनुसार विभिन्न जिल्लामा खेलकुद पुर्वाधार निर्माणमा जुटीरहेका मन्त्री विश्वकर्माले नेतृत्व गरेको युवा तथा खेलकुद मन्त्रालय बजेट खर्च र कामको प्रगतीमा अन्य मन्त्रालय भन्दा अगाडी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close