
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य तथा पूर्व फुटबलर कर्णेल मणिन्द्र गुरुङको निधन भएको छ ।
केही समयदेखि अस्वस्थ रहेका उहाँको ७८ वर्षको उमेरमा उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भएको परिवारले जनाएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ तथा तमुधीं यूकेका पूर्वअध्यक्ष कमल गुरुङका ससुराबुबा समेत रहेका स्वर्गिय कर्णेल गुरूङका श्रीमती, दुई छोराहरु मेजर जीतेन्द्र गुरुङ र दिपेन्द्र गुरुङ छन् ।
स्वार्गिय गुरूङले २०२९ देखि २०३१ सालमम्म भने गण्डकी फुटबल टीमको नेतृत्व सम्हाल्नु भएको थियो । १९८५/०८६ मा भारत पटियालामा एनआइएस गर्दा आफू संगै रहेको मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङले जानकारी दिनु भएको छ ।
पोखरा विजयपुर स्थायी घर भई कठमाण्डौ बस्दै आउनु भएका उहाँको निधनमा मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
आफ्नो शोक सन्देशमा अध्यक्ष गुरूङले नेपाली खेलकुदका लागि अपुरणिय क्षती भएको जनाउँदै मञ्चले आफ्नो अभिभावक गुमाएको बताउनु भएको छ । उहाँले मृत आत्माको चिर शान्तीको कामना गर्दै सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ ।
