खेलकुद विकासका लागि नेपाल र जापान विच सहकार्यमा जोड्

पोखरा स्पोर्टस । खेलकुद विकासका लागि नेपाल र जापानले सहकार्य गर्ने कुरामा जोड दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) खेलकुद विज्ञान प्रशिक्षण प्रतिष्ठान (सान)ले पोखरामा आयोजना गरेको कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो । जापान खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषदले आगामी दिनमा खेलकुद मार्फत दुई देश विचको दौत्य सम्वन्धको विकासलाई अग्रगती दिंदै नेपाली खेलकुद विकासका लागि सहयोगको समेत आदान प्रदान गर्ने कुरालाई विशेष रुपमा वक्ताहरुले उठाएका थिए ।

सो अवसरमा आफ्ना भनाई राख्दै राखेपका सदस्य राजेश कुमार गुरुङले नेपाल र जापान विचको दौत्य सम्वन्ध खेलकुदमार्फत अघि बढाउन उपयूक्त समय जुरेको बताए । उनले जापानी खेलकुद परिषदका प्रतिनिधिलाई स्वागत गर्दै नेपाली खेलकुद विकासका लागि जापानको सहयोग महत्वपूर्ण हुने उल्लेख गरे । उनले भने–“हामीले अन्य खेलकुद मात्रै नभई सहाशिक खेलकुदको विकासका लागि समेत सहकार्य गर्न सक्छौं ।” उनले पोखरा सहाशिक र हाइ अल्टिच्यूड खेलकुदको गन्तव्य समेत रहेकोले जापानी खेलाडीहरुलाई यहाँ आउन निमन्त्रणा समेत दिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै जापान खेलकुद परिषदका सूचना तथा अन्तर्राष्ट्रिय सम्वन्ध निर्देशक डा.ताकाहिरो वाकुले राखेप संगको सम्वन्ध विकासले आगामी दिनमा दुवै देशको खेलकुद विकासमा सहयोग पुग्ने बताए । उनले दुवै देशले आफ्ना सिकााईहरु आदान प्रदान गर्ने संगै, विभिन्न विषयमा प्रशिक्षण, प्रविधिको हस्तान्तरण लगायतका विषयमा समेत सहकार्य गर्न सकिने उल्लेख गरे । डा.वाकोले जापानी खेलकुदको विकासको सन्दर्भहरु अघि सार्दै खेलाडीहरुको हाई परफरमेन्स प्रशिक्षणका लागि जापानी खेलकुद परिषदले वढि ध्यान दिएको बताए ।

सानका निर्देशक संगम सिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा सानकी अधिकृत खेल विज्ञ सुलोचना सिजख्वाले राखेप अन्तरगत रहेको सानले हाल सम्म गरेका विभिन्न कृयाकलाप तथा आगामी दिनमा तय भएका कायक्रमहरुका बारेमा जानकारी गराएकी थिइन् । उनले राखेप र जापान खेलकुद परिषद विचको सम्वन्धको विकासले नेपाली खेलकुद विकासका लागि आवश्यक प्रविधिको हस्तान्तरण, स्पोर्टस साइन्स तथा खेलकुद अनुशन्धानलगायतका विषयमा सहकार्य हुन सके भविष्यमा नेपाली खेलकुदको विकासमा थप सहयोग पुग्ने बताइन् ।

सो अवसरमा जापान खेलकुद परिषदका सूचना तथा अन्तर्राष्ट्रिय सम्वन्ध परियोजना संयोजक शो सातो, सानका डा. शिवराज भट्ट, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगी, निर्देशक कृष्ण तिमिल्सिना, राष्ट्रिय टिम तयारी समितिका उप निर्देशक बाबुराम नेपाल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close