व्याडमिण्टनको टिम ईभेण्टबाट पोखरामा १३ औं सागको शुरुआत

पोखरा, १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने व्याडमिण्टनको टीम ईभेण्ट अन्तरगतको खेलबाट पोखरामा दक्षिण एशियाली खेलकुदको औपचारिक शुरुआत हुने भएको छ । यस प्रतियोगिता अन्तरगत पोखरामा ८ वटा खेल हुँदैछन् ।

पोखरामा हुने व्याड्मिण्टनमा सहभागि हुन सातै देशका खेलाडी तथा अफिसियल पोखरा आईसकेको कास्की जिल्ला व्याडमिण्टन संघका अध्यक्ष डम्बरसिँह गुरुङ्ले जानकारी दिए । ‘अन्तिममा पाकिस्तानको टिम आएको जानकारी पाईएको छ ।’ उनले भने, ‘भोलीबाट टिम ईभेण्ट शुरु हुन्छ र टिम ईभेण्ट सकिएपछि अरु ईभेण्टहरु हुनेछन् ।’

ब्याडमिन्टन अन्र्तगत टिम इभेन्ट तर्फ मंसीर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन भने मंसीर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन । त्यस्तै व्यक्तिगत इभेन्ट तर्फ मंसीर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवल तर्फको प्रारम्भिक खेल हुनेछ । १८ गते महिला तथा पुरुष सिङ्गल र डवल्सको क्वाटरफाईनल खेल हुने छ भने १९ गते सबै इभेन्टका सेमिफाइनल र २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मर्सानिले जानकारी दिए ।

 

महिला टिम तर्फ भारत र श्रीलका वाई पाएर क्वाटरफाईनमा प्रबेश गरेका छन् । यसै गरि पाकिस्तान र माल्दिभ्स अर्को खेलमा नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

यसै गरि पुरुष तर्फ भारत र श्रीलकाले वाई पाएर सिधै क्वाटरफाईनलको यात्रा बनाएका छन् । पाकिस्तान र बंगलादेश र अर्को खेलमा नेपाल र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।

विहान ९ बजे एक औपचारिक कार्यक्रम गरेर गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले पोखरामा हुने १३ औं साग खेलकुदको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरामा हुने व्याडमिण्टनमा टिम ईभेण्टसँगै महिला पुरुष सिंगल, डबल्स र मिक्स ईभेण्ट पनि समावेश गरिएको छ ।

सहभागी सवै सात देशले सहभागि जनाउने एक मात्र खेल ब्याडमिन्टनका लागि ९४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता २० मंसिरसम्म चल्नेछ । प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र १४ कास्य गरि २८ पदकका लागि खेल हुनेछ ।
त्स्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close