साग लक्षित ‘आर्ट वर्कसप’, विशिष्ट अतिथीलाई उपहार दिइने

पोखरा, आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित गरेर पोखरामा आर्ट वर्कसप भएको छ । कला क्षेत्रमा क्रियाशील २० जना कलाकार आर्ट वर्कसपमा सहभागी छन् ।

वर्कसपको गण्डकी प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन् । क्यानभासमा हिमालको चित्र कोर्दै उनले वर्कसपको उद्घाटन गरे । उनले खेल पनि कला सङ जोडिएको  र संगै आफू पनि कलाप्रेमी भएको सुनाए । ‘खेल आफैंमा कला हो, कला भएरै यसले सुन्दरता प्राप्त गरेको छ,’ उनले भने ।

२० जना कलाकार सहभागी भएको वर्कसपबाट तयार भएका चित्र १३ औं सागको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिलाई प्रदान गरिने वर्कसप संयोजक रमेश श्रेष्ठले जानकारी दिए । ‘वर्कसपमा करिब २०/२२ वटा चित्र बन्छन्, ती चित्र पोखरेली परिवेश वरिपरि हुन्छन्,’ उनले भने, ‘सबै तयार भइसकेपछि हामीले आयोजक समितिलाई नै हस्तान्तरण गर्नेछौं ।’

नेपाल प्रज्ञा प्रतिष्ठान चित्रकला विभागका निर्वतमान प्रमुख समेत रहेका श्रेष्ठले खेलमा भाग लिन आउने स्वदेशी तथा विदेशी पर्यटकलाई चित्र उपहार दिएर पर्यटन तथा कलाको प्रचार प्रसार गरिने सुनाए । उनले भने, ‘खेलकुदमा चित्रकलाले पहिलो पटक स्थान पाएको छ । यसले भिजिट नेपाल २०२० लाई पनि सघाउनेछ भन्ने आश लिएका छौं ।’

१३ औं साग पोखरा अतिथि सत्कार तथा व्यवस्थापन समिति सदस्य खिम गुरुङले खेलमा भाग लिन आउने विशिष्ट प्रतिनिधिलाई चित्र उपहार दिइने जानकारी दिए । उनले भने, ‘वर्कसपले खेलकुदलाई कला र सिर्जनासँग जोड्नका साथै पोखरा आउने विशिष्ट अतिथिलाई स्वागत सत्कार पनि गर्न सकिने छ ।’ आर्थिक मामिला मन्त्रि गुरुङले बिहीबार नै १३ औं सागका लागि पोखरा रंगशालामा बनाइएको मेडिकल सेन्टर पनि उद्घाटन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close