४ सय ९१ जना प्राविधिक अफिसियल पोखरा आउने, सजिदैँ पोखरा रंगशाला

पोखरा, १३ औँ दक्षिण् एशियाली खेलकुद प्रतियोगिता ( साग ) को लागि ४ सय ९१ जना प्राविधिक तथा अफिसियल पोखरा आउने भएका छन् ।

मंसीर १५ गते देखि आयोजना हुने सागको खेल संचालनका पोखरामा हुने विभिन्न ८ खेलका लागि ४ सय ९१ जना प्राविधिक अफिसियल आउने भएका हुन ।

पोखरामा हुने खेलहरुको लागि टेक्निकल प्रतिनिधी ८ जना, टुर्नामेन्ट डाइरेक्टर २४ जना, सहायक टुर्नामेन्ट डाइरेक्टर र जुरी कमिटिका ४४ जना, रेफ्रि तथा जज ८५ जना, राष्ट्रिय रेफ्रि एक सय ३६ जना, टेक्निकल सहायक एक सय ९४ जना गरी ४ सय ९१ जना खेल संचालनको लागि टेक्निकल टोली पोखरा आउने भएका छन ।

पोखरामा हुने महिला क्रिकेटको लागि ६२ जनाको प्रविधिक अफिसियल, महिला फुटबलको लागि ५० जना, आर्चरीको लागि ५३, ब्याडमिन्टनको लागि ९४, ह्याण्बलको लागि ५९, विच भलिबलको लागि ६५, भारोत्तोलनको लागि ६८ र ट्राइयाथोलनको लागि ४० जनाको टेक्निकल अफिसियल आउने भएका हुन । सागको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय टेक्निकल टोली समेत पोखरामा खेल संचानलका लागि आउँदैछन ।

पोखरामा हु्ने प्रतियोगिताको लागि अहिले पोखरा रंगशालालाई सजाउने काम समेत निकै अघि बढेको छ । रंगशालाको मुख्य प्रवेशद्घार देखि नै सजावटको काम अघि बढीरहेको बेला सजावटको कामलाई प्राथमिकतामा राखेर कामहरु अघि बढाएको राखेप सदस्य राजेश गुरुङले बताए । पोखरा रंगशालामा अहिले पुर्वाधार निमार्णको कार्य तिव्रताका साथ अघि बढेको छ । साग आउन ६ दिन मात्र बाकिँ रहेको बेला । रंगशाला भित्र रहेको पुर्वाधारहरुमा रंगरोगन गर्ने देखि लिएर अव्यवस्थित रहेको खाली जग्गालाई समेत सम्याउने देखि बगैंचा बनाउने सम्मका कामहरु भएका छन ।

पोखरामा साग संचालन गर्नको लागि व्यवस्थापन देखि लिएर अतिथि सत्कारको लागि समेत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । रंगशाला छिर्ने मुख्य द्धारको दुवै छेउमा फुलहरु समेत राखिएको छ ।

पोखरामा मंसीर १६ गते हुने विदेशी खेलाडी तथा पाहुँनालाई भव्य स्वागतको कार्यक्रम समेत रहको छ । समारोह समिति अन्तरगत रहेको झाँकी व्यवस्थापन समितिले मंसीर १६ गते गण्डकी प्रदेशभित्र रहेका विभिन्न जात जातीहरुको जातीय पोशाक सहित झाँकी सहितको प्रदर्शन गरि भव्य रुपमा खेलाडी तथा पाहुँनालाई स्वागत गर्ने कार्यक्रम रहेको उक्त समितिका संयोजक निरज थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close