पूर्व राष्ट्रिय खेलाडी परीक्षा गुरुङद्वारा साग भलिबल टोलीलाई जर्सी सहयोग

पोखरा, पूर्व राष्ट्रिय खेलाडी परीक्षा गुरुङले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुन लागेको बिच भलिबल खेलाडीलाई जर्सी सौजन्य गरेकी छिन् । पोखरा ६ बाराही मैदानमा निर्माणाधीन बिच भलिबल कोर्टमा अभ्यासरत खेलाडीलाई शुक्रबार १२ सेट जर्सी सौजन्य गरेकी हुन् ।

पूर्व राष्ट्रिय खेलाडी गुरुङ यतिबेला युकेमा छिन् । युकेमा उनी संलग्न अल्डरसट भलिबल क्लबले अभ्यासरत सागमा भाग लिने खेलाडीका लागि जर्सी सौजन्य गरेकी हुन् । अभ्यासरत बिच भलिबल टिमलाई उनका बुवा खर्कमान गुरुङ र आमा गीतादेवी गुरुङले जर्सी हस्तान्तरण गरेका थिए । ‘एउटा खेलाडीले आफू विदेशमा रहेर पनि आफ्नो देशलाई यसरी सम्झिएकोमा हर्षविभोर छौं,’ बिच भलिबल प्रशिक्षक कौशिला खत्रीले भनिन् ।

गुरुङको बुबाआमा पोखरा २ मिरुवामा बस्दै आएको छ । बुवा खर्कमान गुरुङले छोरी ५ वर्षअघि बैबाहिक सम्बन्ध जोडेर युके गएपनि भलिबललाई भलिबललाई छोड्न नसकेको बताए । ‘युकेमा पनि छोरी उतैको क्लबबाट भलिबल खेल्छिन् । त्यहाँको पनि राम्रो खेलाडीमा मानिन्छन्,’ परीक्षाकी आमाले गीतादेवी गुरुङले भनिन्, ‘त्यहाँ पनि कैयौं पटक उत्कृष्ट खेलाडी भइसकेकी छे ।’

परीक्षा गुरुङ पाँचौ राष्ट्रिय खेलकुददेखि नेपाली राष्ट्रिय टिममा डेब्यू गरेकी हुन् । त्यसपछिका छैंठौ र सातौं खेलकुदमा पनि उनले राम्रो नतिजा ल्याएकी थिइन् । उनले इन्डोर भलिबल खेलाडीलाई पनि निक्याप र जर्सी निशुल्क उपलब्ध गराएको बिच भलिबल प्रशिक्षक कौशिला खत्रीले जानकारी दिइन् । बिच भलिबलका कोर्ट निर्माण कार्यसमेत धमाधम अघि बढाइएको छ ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close