मुख्य मन्त्रीले गरे पोखरा रंगशालाको निरिक्षण, ‘प्रदेशको तर्फबाट आवश्यक बजेट दिन्छौँ’

पोखरा, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा रंगशालाको निरिक्षण गरेका छन । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) तयारीको लागि निमार्णधीन अवस्थामा रहेको पोखरा रंगशालाको निरिक्षण गर्दै मुख्य मन्त्री गुरुङले पुर्वाधार निमार्णको लागि केहि रकम तत्कालै क्याविनेट बैठक बसि विनियोजित गर्न सक्ने बताएका छन ।

साग सम्पन्न गर्नको लागि रकमको अभाव छ भने हामि तत्काल निर्णय गरि विनियोजित गर्छौ, यो गण्डकी प्रदेशको पनि गौरवको विषय र्हो मुख्य मन्त्री गुरुङले भने । उनी सहित सामाजिक विकास मन्त्री नरदेवि पुन, १३ औँ साग समिति पदाधिकारी, खेलकुद पदाधिकारी पत्रकार लगाएतको टोलीले रंगशालाको निरिक्षण गरेका थिए ।

मुख्य मन्त्री गुरुङले रंगशालाको निरिक्षण गर्दै पुर्वाधार काम चलाउको लागि हो कि दिर्घकालीन हो भन्दै प्रश्न समेत गरेको थिए । साग नेपालमा हुने पहिले नै थाहा भएपनि काम शुरु भने निकै ढिला भएको मन्त्री गुरुङको भनाई थियो । सागका लागि दिनरात नभनि काम तिव्र रुपमा अघि बढाएको भन्दै निमार्ण कम्पनी तथा कामदारहरुलाई समेतलाई उनले धन्यवाद व्यक्त गरे ।

१३ औँ सागलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधीन पोखरा फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी, व्याटमिन्टन, वहुउदेश्यीय कभर्डहलको निरिक्षण गर्दै साग आायोजक समिति पदाधिकारी समेतलाई भेटि रंगशालाको बारेमा जानकारी लिएका थिए ।

मंसिर १५ गते देखि २४ गते सम्म हुने साग पोखरामा ९ खेल हुने भनिएपनि प्याराग्लाइडिङ भने नहुने देखिएको छ । पोखरामा महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्याण्बल, ब्याटमिन्टन, ट्राइयाथोलन, विच भलिबल र भारोत्तोलन सहित आठ खेल हुँदैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close