पोखरा म्याराथन सफल बनाउन सबैको सहयोग आवश्यक

पोखरा, पोखरामा आयोजना हुने १४ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सफल बनाउन सबैको सहयोग आवश्यक रहेको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले बताएका छन ।

पोखरा म्यारथनको आयोजक भूतपूर्व खेलाडी मंच नेपाल र प्रायोजक संस्थाका विच पोखरा म्यारथनलाई सफल बनाउन भएको छलफलमा कार्यकारी निर्देशक श्रेष्ठले पोखरालाई म्याराथनका माध्यम बाट चिनाउन मात्रै नभई खेलकुदको समेत बिकासलाई अगाडी बढाउन सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजकको भूमिका खेलेको बताए ।

पोखरा म्याराथनमा धेरै भन्दा धेरै पोखरेलीहरुको सहभागिताका साथै अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत म्याराथन धावक पोखरा बोलाउन मंचले भूमिका खेल्नुपर्ने धारणा राख्दै कार्यकारी निर्देशक श्रेष्ठले म्याराथनलाई अझै ब्यवसायिक बनाउन आफ्नो तर्फ बाट सहयोग रहने उनले प्रतिवद्धता व्यक्त गरे ।

सो अबसरमा आफ्नो धारणा राख्दै भूतपूर्व खेलाडी मंच नेपालका अध्यक्ष तेज गुरुङले लक्ष्मी ग्रुपले व्यवसायिक र सामाजिक क्षेत्रमा खेलेको भूमिकाप्रति प्रशंसा गर्दै पोखरा म्याराथनमा मुख्य प्रायोजकका रुपमा सुजल डेरीको उत्पादन सफल दुधलाई पाउँदा निकै गौरवान्वित लागेको बताए । पोखरा म्याराथनलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उत्तिकै चासो बढ्दै गएको उनले उल्लेख गरे ।

पोखरा म्याराथन सफल बनाउनका लागि भएको छलफलमा लक्ष्मी गु्रपका निर्देशक निरज श्रेष्ठ, मंचका प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुली, महासचिब खेम गुरुङ लगाएत सुजल डेरीका वरिष्ठ तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

स्मरण रहोस १४ औं संस्करणको पोखरा म्याराथन आगामी फागुन ३ गते हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close