
पोखरा, नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को थप तयारीका लागि नेपाली पुरुष भलिबल टोली आज भारतको बैंगलरु जाँदै छ ।
प्रशिक्षणका लागि जाने खेलाडीमा इमबहादुर मगर, हरिबहादुर अधिकारी, हरिहजुर थापा, कुलबहादुर थापा, धनबहादुर भट्ट क्षेत्री, ईश्वर थापा मगर, दुर्गाबहादुर खड्का, विशालबहादुर विक, राजेन्द्र विष्ट, विनोदबहादुर चन्द, टेकराज अवस्थी, रोविन चन्द, शरण समरी र द्वारिका थापा रहेका छन् ।
मुख्य प्रशिक्षकमा नेदरल्यान्ड्सका लेस्ली डि झोङ, सहायक प्रशिक्षकमा वीरेन्द्रप्रसाद चौधरी, ट्रेनरमा प्रज्ज्वलबहादुर सिंह र व्यवस्थापकमा श्यामकृष्ण श्रेष्ठ छन् । लेस्ली नेदरल्यान्ड्सबाटै बैंगलारु पुग्ने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले हिजो एक कार्यक्रमबीच बिदाइ गरे । टोली नोभेम्बर १९ तारिखमा स्वदेश फर्किने कार्यक्रम छ ।
