सी–२ टेनिस च्याम्पियनसिपः सौगात र रायनालाई स्वर्ण

पोखरा, नेपालका सौगात विक र रायना शाहले एसियाली यू–१४ ¥याङसी–२ किङ टेनिस च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा सौगात तथा गल्र्समा रायना पहिलो भएका हुन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा सौगातले नेपालकै चिराग तिम्सिनालाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे । सौगातले प्रतियोगितामा दोहोरो स्वर्ण जिते । बिहीबार पुरुष डबल्समा सौगातले भारतका मनुराज सिंहसंग मिलेर स्वर्ण जितेका थिए । गल्र्स डबल्समा नेपालका अजा रेग्मी र शुभाङगीलक्ष्मीको जोडीले स्वर्ण जितेका थिए ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको गल्र्स सिंगल्स उपाधि भिडन्तमा रायनाले आफ्नै राष्ट्रकी शुभाङगीलक्ष्मी शाहलाई ६–० र ६–३ को सीधा सेटमा हराइन् ।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । पाँचदिने प्रतियोगितामा नेपालसहित पाँच राष्ट्रका ४७ खेलाडी सहभागी थिए । नेपालबाट सर्वाधिक ३७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । भारतबाट ६, स्विट्जरल्यान्डबाट २ तथा जापान र मलेसियाबाट समान १–१ खेलाडीले भाग लिएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close