एनआरएनएको टोलीले पोखरा रंगशाला निरिक्षण गर्यो

पोखरा, गैर आवाशिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पन्त सहित एक टोलीले आज पोखरा रंगशाला निरिक्षण भ्रमण गरेकोछ ।

पोखरामा जारी एनआरएनएको बैठक पश्चात उनीहरुले पोखरा रंगशाला निरिक्षण भ्रमण गरेका हुन । पोखरा रंगशालामा अध्यक्ष पन्त सहित आएको टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ लगाएतले स्वागत गरेका थिए ।

सो अवसरमा राखेप सदस्य गुरुङले पोखरा रंगशालामा निर्मााणाधिन अवस्थामा रहेका पूर्वाधारहरुका विषयमा जानकारी गराएका थिए भने नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गुरुङले पोखरा रंगशालाको पर्खाल निर्माणमा एनआएरएनहरुको सहभागिता र अवस्थाका जानकारी दिएका थिए ।

निरिक्षण पश्चात पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले आयोजना गरेको स्वागत कार्यक्रममा (एनआरएनए) का अध्यक्ष कुमार पन्तले खेलकुदको महत्व र अपरिहार्यतालाई गैर आवाशिय नेपाली संघले गहन रुपमा लिएको बताएका छन । भावी पुस्ताका लागि समेत खेलकुद आवश्यक रहेको धारणा राख्दै उनले सोही अनुसार संघले आफ्ना कार्यक्रमहरु समेत अगाडी सारेको बताए ।

पोखरा रंगशालाको निर्माण भइरहेका पूर्वाधारहरुको प्रशंसा गर्दै यसले नेपालको खेलकुद बिकासमा महत्वपूर्ण योगदान दिने बताए । उनले भने–“जे जती पूर्वाधार बनेका छन ति अन्तर्राष्ट्रियस्तरका रहेछन, यिनीहरुको संरक्षण र सम्वद्र्धनका लागि समेत उत्तिकै आवश्यक्ता छ ।”

सो अवसरमा राखेप सदस्य गुरुङले पोखरा यति बेला १३ औं दक्षिण एसियाली खेलकुद पछि नवौं राष्ट्रिय खेलकुदको तयारी गरिरहेको बताए । उनले नवौ राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिता र सहयोगका लागि समेत आग्रह गरे ।

कार्यक्रम बोल्दै नेओकका उपाध्यक्ष गुरुङले पोखरा रंगशालाको संरक्षणका लागि एनआरएनहरुको महत्वपूर्ण देन रहेको बताए । उनले आगामी दिनमा समेत खेलकुद बिकासका लागि एनआरएनको सक्रिय सहभागिता र सहयोगका लागि अपिल गरे ।

सो अवसरमा एनआरएनएका उपाध्यक्ष रबिना थापा, महासचिब डा. हेमराज शर्मा लगाएत अन्य पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका उपनिर्देशक कृष्ण तिमिल्सिनाले समेत बोलेका थिए ।
तस्विरःसुदर्शन रन्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close